द राइजिङ इंगलिस ब्रोडिङ स्कुलको ३३औं वार्षिक उत्सवको अन्तिम तयारी


एलएन गच्छदार / फागुन २२ गते
मोरङ्गको सुन्दरहरैंचा नगरपालिका–१०, विराटचोकस्थित द राइजिङ इंगलिस ब्रोडिङ स्कुलले आफ्नो ३३औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अन्तिम तयारी पूरा गरेको छ। यही फागुन २४ गते आयोजना हुने यस विशेष कार्यक्रमलाई भव्य बनाउन विद्यालयले विविध प्रस्तुति समावेश गरेको छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा राष्ट्रिय कलाकार यम बरालको विशेष प्रस्तुति रहनेछ। साथै, विद्यार्थीहरूको प्रतिभा पहिचानका लागि गायन, नृत्य, भाषण, चित्रकला जस्ता विभिन्न प्रतिस्पर्धाहरूको आयोजना गरिएको छ। अभिभावकहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न विज्ञान तथा सांस्कृतिक प्रदर्शनी पनि गरिनेछ।

विद्यालय प्रिन्सिपल गोपाल पाठकका अनुसार, वार्षिक उत्सव विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको समष्टिगत समीक्षा गर्ने अवसर हो, जसले विद्यार्थीहरूको सिर्जनशीलता तथा क्षमताको अभिव्यक्ति गर्न मञ्च प्रदान गर्छ। कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरू जुटेका छन्।

विद्यालयले सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई उत्सवलाई सफल बनाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *