छैठ पर्व पूजाको तयारी, २ लाख भन्दा बढी भक्तजनहरु सामेल हुने अपेक्षा
बुढीगंगा जमुना मुक्तीघाट, धार्मिक तथा सांस्कृतिक निधिको धनधान्य स्थल कोशी प्रदेशकै दई सुन्दर र हरित नगरीहरू (इटहरी उपमहानगरपालिका (सुनसरी) र सुन्दरहरैचा नगरपालिका (मोरङ)) का छठी माई र सूर्य नारायाणको पुजक बासिन्दाहरुले मनाउने हिन्दरुहरुको महान चाड छैठ पर्वको तयारीको अन्तिम चरणमा पुगेको छ।
छठ पर्व सेवा समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा इटहरी र सुन्दरहरैचाको बुढीगंगा जमुना मुक्तीधामको किनारमा आज भन्दा ३४ वर्ष अगाडिदेखि पित्कोसरी जत्थामा लालटिन युगको रूपमा मनाउदै आएको यो महान पर्वमा आज सम्पूर्ण इटहरी-सुन्दरहरैचा नगरबासीको उल्लेखनिय साथ, सहयोग र सहभागिता हुन थालेको जनाएको छ ।
यसको स्थायित्वको लागि सरक्षक स्वर्गिय हीरा महतोको संयोजकत्वमा सूर्य नारायणको मन्दिर कार्य मिति २०७५ साल असोज २४ गते घटस्थापनाको दिन शिलान्यास गरी मिति २०७६ कार्तिक १३, १४ र १५ गते मूर्ति स्थापना गरी प्राण प्रतिष्ठा कार्य १६ गते गरी अनवरत रुपले पुजा अर्चना गर्दै संचालनमा रहेको छ ।
पर्वको महत्वलाई बुझेर छिमेकी जिल्ला तथा पालिकाहरुबाट समेत भक्तजनहरु आउनेक्रम वर्षेनि गुणात्मक रुपमा बढ्दै गइरहेको छ । यो पर्वमा भएको शुद्धता, पवित्रता, आस्था, विश्वास एवं समता र समानताको प्रभावले गर्दा आज ब्रतालु जो जहाँ छन त्यही मनाउन थालेका छन् । यो वर्ष वृद्ध गंगातटमा मनाइने छठ पर्वमा २ लाख भन्दा बढी श्रदा भावले ओतप्रोत व्रतालु, श्रदालु भक्तजनहरु सामेल हुने अपेक्षा गरिएको छ।