भोलेश्वर शिवालय मन्दिरको तेस्रो बार्षिक साधारणसभा

सुन्दरहरैंचा। मङ्सिर २ गते
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -४ मा रहेको श्री भोलेश्वर शिवालय मन्दिरको तेस्रो बार्षिक साधारणसभा शुक्रबार मन्दिर परिसरमा सम्पन्न भएको छ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भिमप्रसाद घिमिरेको सभाध्यक्षता र सो वडाका अध्यक्ष कैलाश बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन भएको थियो।
बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष घिमिरेले भावि योजनामा आजीवन सदस्यहरु विस्तार गरी २ सय जना पुयाउने लक्ष्य राखिएको छ । मन्दिरको वरिपरिको कम्पाउन्ड वाल पुरा गर्ने, अधुरो रहेको मण्डप निर्माण कार्य पुरा गर्ने लक्ष्य राखिएको छ ।

प्रतिवेदन प्रस्तुत गर्दै अगामी योजनामा फुलवारी निर्माण गर्ने लक्ष्य संगै अक्षय कोषको स्थापना तथा सामुदायिक भवन निर्माण गर्ने लक्ष्य राखिएको छ।
उक्त कार्यक्रममा भक्ति प्रसाद सिटौला, नागेश पोख्रेल, शैलेन्द्र श्रेष्ठ, सुरेन्द्र भट्टराई लगायत समाजसेवी, बुद्धिजीवी, जग्गादाता समेतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *