लुम्बिनी बिकास बैंक हरैंचा शाखाको तिज विशेष कार्यक्रम
लुम्बिनी बिकास बैंक हरैंचा शाखाले तिज विशेष कार्यक्रम मनाएको छ। मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -१ को सामुदायिक भवनमा २ सय ५० भन्दा बढी महिलाको सहभागीतामा सो कार्यक्रम मनाएको शाखा प्रमुख रमेश पौडेलले बताए।

शाखा कार्यालय कार्यालयमा आबद्ध कर्मचारी लगायत स्थानीय महिलाहरुको सहभागी गराई कार्यक्रम आकर्षक रुपमा मनाएको हो । कार्यक्रममा महिला कर्मचारी लगायत बिभिन्न संघ संस्थामा आवद्ध महिलाहरुलाई दर खुवाउने तथा शुभकामना आदान प्रदान भएको थियो ।
शाखा प्रमुख पौडेलका अनुसार केन्द्रिय कार्यालय डिल्लीबजार काठमाडौ देखि नेपाल भरी ८९ शाखा बिस्तार गरि आधुनिक बैंकीङ कारोबार गर्दै आएको छ ।





