कुलमान घिसिङमाथि निरन्तर अन्याय किन?: वीरेन्द्रकुमार साह

कुलमान घिसिङमाथि निरन्तर अन्याय किन?: वीरेन्द्रकुमार साह

बिराटनगर । नेपालका ऊर्जा क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएका कुलमान घिसिङप्रति सरकारको रवैया फेरि प्रश्नको घेरामा आएको छ। लोडसेडिङ अन्त्य गरी मुलुकको आर्थिक तथा औद्योगिक विकासलाई गति दिएका घिसिङलाई निरन्तर अन्याय गरिएको भन्दै विभिन्न तहबाट आवाज उठ्न थालेको छ।

नेपाली कांग्रेस मोरङ कार्यसमितिका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख वीरेन्द्रकुमार साहका अनुसार सरकारको राजनीतिक पूर्वाग्रहका कारण घिसिङलाई अपमानित गरिएको छ। “जनताको समर्थन, उद्योगी–व्यवसायीको माग र ऊर्जा क्षेत्रका विज्ञहरूको सिफारिससमेत सरकारका लागि गौण हुनुपर्ने कारण के हो?” भन्दै उनले प्रश्न गरेका छन्।

साहका अनुसार योग्य र इमानदार व्यक्तिलाई अवसरबाट बञ्चित गर्ने तथा व्यक्तिगत र दलगत स्वार्थका आधारमा निर्णय लिने सरकारी परिपाटीले देशको विकास अवरुद्ध बनाएको छ। “जबसम्म हामी कर्मठ व्यक्तिलाई सम्मान गर्न सक्दैनौं, तबसम्म विकासको गफ मात्र किन?” उनको थप जिज्ञासा छ।

ऊर्जा क्षेत्रमा घिसिङको योगदान अतुलनीय रहेको उल्लेख गर्दै साहले योग्य नेतृत्वलाई निरन्तर अवसर दिनुपर्नेमा जोड दिएका छन्। “अब आवाज उठाउन आवश्यक छ। योग्यलाई सम्मान गरौं, कर्मठलाई ठाउँ दिऔं!” भन्दै उनले आफ्नो भावना सामाजिक संजाल फेसबुक मार्फत ब्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *