शिक्षामा समर्पणको अन्तर्राष्ट्रिय पहिचान : हिमालय इंग्लिस स्कुलका प्रिन्सिपल कमल खनाललाई ‘एक्सिलेन्स अवार्ड’

सुन्दरहरैंचा (मोरङ) — समर्पण, नवप्रवर्तन र शैक्षिक नेतृत्वका प्रतीकका रूपमा परिचित हिमालय इंग्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले आफ्नो नेतृत्वले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका छन् । हालै मलेसियामा सम्पन्न एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्ड कार्यक्रममा खनाललाई  “उत्कृष्ट प्रिन्सिपल अवार्ड’’ द्वारा सम्मान गरिएको हो ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित लिनकन युनिभर्सिटीमा सम्पन्न कार्यक्रममा नेपाल, मलेसिया, फिलिपिन्स, युएसए, युके, इण्डिया, बंगलादेश लगायतका देशका ख्यातिप्राप्त विद्यालय, संस्था र व्यक्तित्वहरू सहभागी थिए । सोही मञ्चमा प्रिन्सिपल खनालले नेपालको प्रतिनिधित्व गर्दै शिक्षाको क्षेत्रमा आफ्ना योगदानका लागि यो प्रतिष्ठित सम्मान हात पार्न सफल भए ।

एक्जिटो इभेन्ट्स अष्ट्रेलियाले विगत तीन वर्षदेखि विश्वभरका प्रेरणादायी शिक्षक, शिक्षालय र शैक्षिक संस्थालाई सम्मान गर्दै आएको छ । यसपटक पनि सोही परम्परा निरन्तरता दिँदै शैक्षिक नवीनता, संस्थागत विकास र नेतृत्व क्षमताको आधारमा खनाललाई सम्मान गरिएको हो ।

खनाल केही दिनअघि थाइल्यान्ड र सिंगापुर हुँदै मलेसिया प्रस्थान गरेका थिए अवार्ड ग्रहण गर्नका लागि। सम्मानपछि उनले भने, “यो पुरस्कार केवल मेरो व्यक्तिगत उपलब्धि होइन, हिमालय स्कुल परिवार र सुन्दरहरैंचाको शैक्षिक समुदायको साझा गर्व हो।”

पछिल्लो समय सुन्दरहरैंचास्थित हिमालय इंग्लिस स्कुलले पठन–पाठनमा मात्र होइन, एस्ट्रा एक्टिभिटी (सह–पाठ्यक्रम गतिविधि) मा पनि उल्लेखनीय प्रगति गरेको छ। विद्यार्थीहरूको सर्वांगीण विकासमा जोड दिँदै, सामुदायिक शिक्षा सशक्तीकरणमा समेत विद्यालयले अग्रणी भूमिका खेलिरहेको छ।

अन्तर्राष्ट्रिय स्तरमा सुन्दरहरैंचाको नाम उज्यालो पार्ने यो उपलब्धिले न केवल विद्यालय परिवार, तर समग्र नगरकै शैक्षिक गौरव बढाएको छ।

“शिक्षा केवल पाठ्यक्रम होइन, सोच र संस्कारको यात्रा हो,” भन्ने दर्शनमा विश्वास गर्ने प्रिन्सिपल कमल खनाल अहिले नेपालका ती उदाहरणीय शिक्षामध्ये एक बनेका छन्, जसले समर्पण र कर्ममार्फत सफलता लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *