यामाहा बिराटचोकले ल्यायो १० हजार थप मूल्याकंन सहित मेगा एक्सचेन्ज क्याम्प,

 

बिराटचोक । फागुन १६ तय २२ – यामाहा नेपालको बिराटचोकको लागि आधिकारिक बिक्रेता बि. एण्ड बि. अटो ट्रेडर्सले आफ्नो ग्राहकहरुको लागि यामाहा मेगा एक्सचेन्ज कार्यक्रम आज बाट सुरु लागेको छ । यहि फागुन १६ तय २२ गतेसम्म ग्राहकहरूले आफ्नो पुरानो बाइक र स्कुटरलाई थप रु१०,००० मूल्याकंन सहित अन्य फाइदाहरू लिएर ब्रान्ड–न्यू यामाहा दुई–पाङ्ग्रे सवारी साधनसँग साट्न सक्नेछन् ।

यामाहा मेगा एक्सचेन्जबाट निम्न विशेष फाइदाहरू प्राप्त गर्न सकिने छः

– पुरानो बाइक वा स्कुटरमा १०,००० रुपैयाँको अतिरिक्त मूल्याङ्कन ।
– नयाँ यामाहाको खरिदमा ६,००० रुपैयाँको नगद छुट – सहज तथा सरल किस्ताबन्दी को सुबिधा
– हेलमेट, लेग गार्ड, फुट म्याट, बाइक कभर र ब्याग लगायतका निःशुल्क सामानहरू ।
यो एक्सचेन्ज कार्यक्रम आफ्नो हालको सवारीलाई पर्फर्मेन्स, विश्वसनीयता र अत्याधुनिक प्रविधिको लागि परिचित यामाहामा अपग्रेड गर्न चाहने ग्राहकहरूको लागि एक सुनौलो अवसर हो । तपाईं पनि स्टाइलिश यामाहा FZ Series, गतिशील यामाहा RayZR Series, स्पोर्टी, शक्तिशाली वा बाइकिङ स्कूटर यामाहा AEROX हेर्दै हुनुहुन्छ भने यो मेगा एक्सचेन्ज कार्यक्रमले तपाईंलाई ठूलो नगदको बचत र निःशुल्क सामानहरू सहित तपाईंको पुरानो साधनको लागि उत्तम मूल्य प्रदान गर्नेछ ।
एमएडब्लू राइड्सका रिजनल म्यानेजर रबिन श्रेष्ठले भने, “हामी यामाहाका तर्फबाट ग्राहकहरूलाई हाम्रा उत्पादन र हामीले प्रदान गर्ने सेवाहरू दुवैको उत्कृष्ट अनुभव प्रदान गर्दछौँ । यामाहा मेगा एक्सचेन्ज कार्यक्रम यामाहामा अपग्रेड गर्न सजिलो र थप लाभदायक बनाउन डिजाइन गरिएको हो । हामी विशेष अफर र थप लाभहरूका साथ यामाहा परिवारमा धेरै राइडरहरू ल्याउन र वहाँहरूलाई हाम्रो ब्रान्डबाट अपेक्षित रोमाञ्च र विश्वसनीयता प्रदान गर्न चाहन्छौँ ।”
उत्कृष्ट मूल्य र विशेष उपहारहरूका साथमा नयाँ यामाहामा अपग्रेड गर्ने यो रोमाञ्चक अवसर रहेकोछ फागुन १६ तय २२ गतेसम्म बि. एण्ड बि. अटो ट्रेडर्स, यामाहा सोरुम बिराटचोक, राष्ट्रिय वाणिज्य बैंक छेउ गयेर यामाहा मेगा एक्सचेन्ज कार्यक्रमको फाइदा लिन सकिनेछ ।
एमएडब्ल्यू राइड्स अन्तर्गतको यामाहा नेपालको एक अग्रणी दुई पाङ्ग्रे ब्रान्ड हो जुन आफ्नो अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताको लागि प्रसिद्ध छ। नेपालमा बलियो उपस्थितिको साथ यामाहाले नवीन उत्पादन र असाधारण आफ्टर सेल्स सेवाहरूका साथमा निरन्तर रूपमा बजारको नेतृत्व गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *