चौलागाईं प्रतिष्ठान कोशी प्रदेश समिति र मोरङ जिल्ला समितिको वार्षिक साधारण सभा सम्पन्न

चौलागाईं प्रतिष्ठान कोशी प्रदेश समिति र मोरङ जिल्ला समितिको वार्षिक साधारण सभा सम्पन्न

मोरङ, – चौलागाईं प्रतिष्ठान कोशी प्रदेश समितिको छैठौं वार्षिक साधारण सभा तथा मोरङ जिल्ला समितिको वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। साथै, प्रतिष्ठानद्वारा सिद्धेश्वर शिव पाञ्चायन मन्दिरमा शिवजीको पूजाआराधना, विश्वशान्ति यज्ञशालामा रुद्री, पूजा, हवन लगायत धार्मिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिएको छ।

यस अवसरमा मोरङ जिल्ला समितिको पुनर्गठन गरिएको छ, जसअनुसार निम्न व्यक्तिहरू नयाँ कार्यसमितिमा चयन भएका छन्:

मोरङ जिल्ला समिति (नवगठित समिति):

  1. अध्यक्ष: उमाकान्त चौलागाईं (सुन्दरहरैंचा)
  2. उपाध्यक्ष: घनेन्द्र चौलागाईं (पथरीशनिश्चरे)
  3. महिला उपाध्यक्ष: उर्मिला चौलागाईं (दमक)
  4. सचिव: यज्ञराज चौलागाईं (सुन्दरहरैंचा)
  5. सहसचिव: लक्ष्मीप्रसाद चौलागाईं (रतुवामाई)
  6. कोषाध्यक्ष: सन्दीप चौलागाईं (सुन्दरहरैंचा)
  7. सदस्य: नेत्रप्रसाद चौलागाईं (विराटनगर)
  8. सदस्य: तीर्थ चौलागाईं (कानेपोखरी)
  9. सदस्य: तुलसीराम चौलागाईं (बेलबारी)
  10. सदस्य: रेवता चौलागाईं (सुन्दरहरैंचा)
  11. सदस्य: लेटाङबाट मनोनित गरिने

समारोहका प्रमुख वक्ताहरूले चौलागाईं प्रतिष्ठानले समाजसेवा, धार्मिक गतिविधि, र समाजिक एकताको लागि खेलेको भूमिकाको चर्चा गर्दै नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

प्रतिष्ठानले आगामी दिनमा थप सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *