सिद्धार्थ सेकेन्डरी स्कूलमा होटल म्यानेजमेन्टतर्फ व्यवस्थित प्रयोगशाला, व्यवहारिक शिक्षामा जोड

मोरङ, फागुन १४ – मोरङको सुन्दरहरैचा-१० स्थित सिद्धार्थ सेकेन्डरी स्कूलले होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरूका लागि आधुनिक होटल म्यानेजमेन्ट ल्याब सञ्चालनमा ल्याएको छ। विद्यालयले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप प्रदान गर्न विशेष ध्यान दिँदै आएको छ।

नवीनतम उपकरण तथा प्रायोगिक अभ्यासका लागि आवश्यक सम्पूर्ण संरचनासहितको उक्त ल्याब सञ्चालनमा आएसँगै विद्यार्थीहरूलाई वास्तविक होटल व्यवसायिक वातावरणमा सिक्ने अवसर प्राप्त भएको छ। विद्यालयका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले यस कदमले विद्यार्थीहरूलाई रोजगारमूलक शिक्षा प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

अभिभावकहरूले विद्यालयको यो पहलको खुलेर प्रशंसा गर्दै यसलाई पूर्वी नेपालकै नमुना विद्यालयको रूपमा लिने बताएका छन्। उनीहरूका अनुसार, व्यावहारिक शिक्षामा जोड दिने विद्यालयहरूले मात्र विद्यार्थीलाई आत्मनिर्भर बनाउन सक्छन्।

विद्यालयले होटल म्यानेजमेन्टका विद्यार्थीहरूलाई विभिन्न प्रतिष्ठित होटल तथा रेस्टुरेन्टहरूमा इन्टर्नशिप तथा व्यावसायिक प्रशिक्षणको अवसर पनि उपलब्ध गराउँदै आएको छ। सिद्धार्थ सेकेन्डरी स्कूल होटल म्यानेजमेन्ट अध्ययनका लागि उत्कृष्ट उदाहरण बन्न पुगेको छ।

पढ्दै कमाउँदै शिक्षालाई जोड दिँदै स्वदेश तथा विदेशका तारे होटलमा दक्ष जनशक्ति उत्पादन गर्दै देशलाई टेवा पुर्याउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *