पथरी शनिश्चरे वडा नं १ ले दियो अपाङ्गता भएकालाई जाडोको न्यानो कपडा

पथरी शनिश्चरे वडा नं १ ले दियो अपाङ्गता भएकालाई जाडोको न्यानो कपडा
पथरिशनिश्चरे, समाचारदाता, पुस-८ गते
पथरी शनिश्चरे नगरपालिका वाड नं-१ ले लक्षित वर्ग कार्यक्रम अन्तर्गत वडा भित्रका अपाङ्गता भएका ब्यक्तिहरुलाई जाडोको न्यानो कपडा वितरण गरेको छ।
वडा कार्यालयले आफनो वडाको कार्यालयको प्राङ्गणमा आयोजित जाडोमा न्यानो ज्याकेट (कपडा) वितरण गरिएको हो।
लक्षित वर्ग कार्यक्रम अन्तर्गत वडाभित्रका अपाङ्गता भएका ४० जनालाई वितरण गरिएको वडा अध्यक्ष भीमकुमार राईले जानकारी दिनुभयो। उहाँका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ लागि विनियोजित ४० हजार को बजेटबाट उहाँहरुलाई एक कार्यक्रमको बीच वितरण गरिएको थियो भने बाँकी १० जना अपाङ्गता भएका वडावासीहरूलाई पनि वितरण गरिने उहाँले जनाउनुभयो।
उक्त कार्यक्रममा अष्टलक्ष्मी साकोसकी अध्यक्ष दुर्गा सुवेदी दंगाल, वरिष्ठ संञ्चारकर्मी अर्जुन जम्नेली राई, अपाङ्गता संघ वडाका वडा नं १ का अध्यक्ष लालबहादुर लिम्बु, कार्यपालिका सदस्य वीरध्वज शिवा, वार्ड सदस्यहरू क्रमश: सुरेश कुमार कार्की, पूर्ण बहादुर कार्की, भारती विश्वकर्मा, बसुन्धरा गुरुङ लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *