वडा अध्यक्ष प्रकाश श्रेष्ठको बाहुलीबाट वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठलाई सम्मान

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -९ का वडाअध्यक्ष प्रकाश श्रेष्ठको बाहुलीबाट वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठलाई सम्मान गरेका छन।

वडा अध्यक्ष श्रेष्ठले विराटचोकको प्लानेट लाउन्जमा भएको नझरेका फूलहरूकाे आयाेजनामा वरिष्ठ गायक तथा सङ्गीतकार दिप श्रेष्ठकाे ७३ औँ जन्माेत्सवका अवसरमा दोसल्ला, कदर पत्र, नगद ५० हजार सहित सम्मान गरेको हो।

मंगलबार आयोजित उक्त ‘जन्मोत्सव विषेश पलेँटी साँझ’ कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै सुन्दरहरैंचामा राष्ट्रिय क्षेत्रका ख्यातिप्राप्त दिग्गज कलाकारलाई ल्याएर सम्मान गर्नुले समग्र नगरकै गरिमा बढाएको उल्लेख गरेका छन।

वडा अध्यक्ष श्रेष्ठले भने -” देश-विदेशसम्म कलाकारले सुन्दरहरैँचा, विराटचाेक र नझरेका फूलहरूलाई सधैं सम्झन लायक र मननयोग्य छ, स्थानीय सर्जक तथा कलाकारलाई समेत याे कार्यक्रमले प्रेरणा मिलेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *