खाेटाङमा सिन्दुर हाल्नै लाग्दा राेकियाे बिवाह , बेहुला र अभिभावक प्रहरी नियन्त्रणमा

खाेटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी १७ वर्षीय किशोरी र सोही नगरपालिका ६ नेर्पाका २२ वर्षीय युवकबीच हुन लागेको विवाह रोकिएको छ। स्थानीय बाल क्लबले किशोरीको उमेर २० वर्ष नपुग्दै विवाह हुन लागेको जानकारी नगरपालिकालाई गराएपछि नगरपालिका र प्रहरीको समन्वयमा विवाह रोकिएको हो। 

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी भइरहँदा मङ्गलबार १७ वर्षकी किशोरी र २२ वर्षका युवकबीचमा विवाहको तयारी भएको थियो।बालविवाह गर्न लागेको खबर आएपछि प्रहरीचौकी तालखर्कका प्रहरी पुगेर सम्झाइबुझाइ गरेपछि विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *