पुर्वाञ्चल पब्लिक स्कुलको एकेडेमिक हेडमा राई नियुक्त

बिराटनगर : मोरङको सुन्दरहरैंचा -५ मा रहेको पूर्वाञ्चल पब्लिक स्कुलको एकेडेमिक हेडमा अमृत राईलाई नियुक्त गरिएको छ। सोही स्कुलमा अध्यापन गराउने अंग्रेजी तथा सामाजिक शिक्षक समेत रहेका राईलाई स्कुलको एकेडेमिक हेडमा नियुक्त गरिएको प्रिन्सिपल सन्तोष कुमार राईले जानकारी दिए । 

नव नियुक्त एकेडेमिक हेड राईले अब यस स्कुलको शैक्षिक गुणस्तर कार्यक्रममा प्रत्यक्ष सहभागी भएर समग्र स्कुलको उन्नयनको लागि काम गर्ने बिश्वास लिएको प्रिन्सिपल राईले बताए। स्कुल परिवारले पनि एकेडेमिक हेड ठूलो आशा र अपेक्षा राखेको उनले बताए। 

नव नियुक्त राईले पनि स्कुलले आफूलाई एउटा महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै अहिले भइरहेको पढाईको लेवललाई अझै राम्रो गर्न ढंगले माथि पुर्याउन आफूले भूमिका निर्वाह गर्ने बताए। विद्यार्थीहरुको क्षमतालाई उजागर गर्दै थप उचाईमा पुर्याउने प्रतिबद्धता जनाएका छन्।

भाषा देखि विद्यार्थीहरुको अनुशासन र आत्मा निर्वरसम्मको कुरालाई गहन रुपमा अध्ययन गरेर थप अगाडी बढाईने बताए। स्कुलका अध्यक्ष मोहन प्रसाद ढकालले पनि शैक्षिक गुणस्तर वृद्धि विकासका निमित्त शिक्षक मेरुदण्डका रुपमा रहेकाले उनको कार्यकालमा थप सुधारको अपेक्षा राख्दै बधाई तथा शुभकामना दिएका थिए। 

मानव विकासको आधारशीला शिक्षा हो भन्ने कुरामा कसैको दुईमत छैन । शिक्षाले जङ्गल र गुफामा बस्ने मानव समुदायलाई वर्तमान समयको विकसित मानव समूहमा विकसित गराएको अध्यक्ष ढकालको तर्क थियो। संख्यात्मकभन्दा गुणस्तरीय शिक्षा दिने लक्ष्यका साथ २०६५ सालमा स्थापित भएको थियो पुर्वाञ्चल पब्लिक स्कुल । 

सर्वोत्कृष्ट नतिजासहित संस्कारयुक्त शिक्षा प्रदान गर्ने स्कुलको मुख्य प्रतिबद्धता रहेको जनाएको छ । पुर्वाञ्चल पब्लिकले सुन्दरहरैंचा एक उत्कृष्ट स्कुलको रूपमा आफूलाई उभ्याएको छ । आफ्नै अत्याधुनिक भौतिक संरचनामा निर्माण गरिएको सो स्कुल सुन्दर र शान्त वातावरणमा अवस्थित रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *