सुकुना मैत्रीपुर्ण खेलमा बिबाहित शिक्षक बिजेता
मैत्रीपुर्ण खेलमा बिबाहित शिक्षक बिजेता
मोरङ सुन्दरहरैंचा नगरपालिकामा रहेको प्रदेशकै नमुना र अब्ब्ल बिद्यालय सुकुना माविमा कार्यरत बिबाहित र अविवाहित शिक्षक बिच मैत्रीपुर्ण फुटबल खेलमा विवाहित शिक्षक समुहले जित हासिल गरेको छ।
अविवाहित शिक्षक समुहलाई ५-२ को अन्तरको फराकिलो गोलले बिबाहित शिक्षक समुहले जित हासिल गरे।
बिबाहित तर्फबाट नवीन खतिवडा -२ गोल , खगेन्द्र रिजाल १ गोल बिकल्प कार्की २ गोल गरेका थिए भने अविवाहित तर्फ पोष्टराज खड्का र नवराज सुवेदीले १/१ गोल गरेका थिए।
अर्को तर्फ भने विद्यार्थी मैत्रीपुर्ण फुटबलको फाइनल खेल तर्फ छात्र ब्यबस्थापन संकाय समूह तर्फ कक्षा -१२ ” ए ” ले १-० ले व्यवस्थापन संकाय ” बि” लाई पराजित गर्दै फाइनलको उपाधी चुमेका छ्न।
छात्रा तर्फ ११ र १२ को संयुक्त समूह फाइनल खेलको बिजेता बनेको थियो भने अर्को तर्फ सिभिल समूह उपबिजेता वनेको फुटबल खेल संयोजक पोष्टराज खड्काले जानकारी दिए।
अन्तर कक्षा फुटबल प्रतियोगितामा छात्र तर्फ ३ वटा समूह र छात्रा तर्फ १२ वटा समूह रहेको थियो ।
