राज्य सत्ता क्यापचार गरेर लुट तन्त्र मच्चाएको – सांसद डा. सुनिल कुमार शर्मा

एलएन गच्छदार

सुन्दरहरैंचा / माघ १५ गते

७७ जिल्लाको १ सय ६५ निर्वाचन क्षेत्रको भ्रमण गर्ने लक्ष्य लिएका सांसद डा. सुनिल कुमार शर्मा यति बेला मधेश प्रदेशको सिराहा जिल्ला पुगेका छन।

सिरहामा भएको पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै सांसद डा. शर्माले सत्ताको दुरुपयोग हुँदै बजेट दुरुपयोग भएको भन्दै आपत्ति ब्यक्त्त गरेका छन ।क्विन्टलका क्विन्टल नेपालमा सुन तस्करी भएर भारत गइरहेका बेला सरकारमा रहेका नेपाली कांग्रेसले नैतिक जिम्मेबार लिनुपर्ने धारणा राखेका छन् । कांग्रेसले सुन नखाए पनि नैतिक जिम्मेबारी हाम्रो नेताले लिनुपर्ने बताएका छन् । हाम्रो नेतृत्वको केहि दोष छैन भन्दा जनतामा नपच्ने बताए ।
सरकार नेपाली कांग्रेसको भएपनि ठुला ४ वटा नेताको क्षेत्रमा मात्र बजेट लगिएको र ४७ प्रतिशत बजेट बाँकी क्षेत्रमा लागिएको उल्लेख गर्दै ५३ प्रतिशत बजेट ४ वटा नेताले लगेको आरोप छ ।
राज्य सत्ता क्यापचार गरेर लुट तन्त्र मच्चाएको भन्दै डा. शर्माले अहिले बैंकले साना, मझौला ब्यापारीहरुको घर,जग्गा लिलामी भइरहेको बेला दिनप्रति दिन ब्यबसायिहरु आत्मदाह गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *