सुन्दर भेट्रान प्रतियोगिता -२०८१ को उपाधि बुढो बाघ
सुन्दरहरैंचा / कार्तिक १५ गते
मोरंग सुन्दरहरैंचा नगरपालिका वडा -५ मा रहेको सुन्दर भेट्रान क्लवको आयोजना भएको खसी कप भेट्रान फुटवल प्रतियोगिताको फाइनल खेलमा सुनसरी बुढो बाघ लविपुरले बिजयी हात पारेको छ। अर्को तर्फ फाइनल प्रवेश गरेको राइजिंग क्लब इटहरीसंग बुधबार भएको सो खेलमा दुवै तर्फ कुनै गोल हुन् नसक्दा ट्राइबेकरमा जित हात पारेको हो।
सो प्रतियोगितामा बिजयी हुने पहिलो टिमले ३० केजी खसी र दोस्रो हुनेले २० केजी खसी हात पारेका छन। सो प्रतियोगिताको प्रमुख अतिथि रहेका सुन्दरपुर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष राजेन्द्र राई (राजु)ले फाइल खेलमा एम्पायर राजीव चौधरीलाई फुटवल हस्तान्तरण गर्दै खेलको सुरुवात भएको थियो।
खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष राईले प्रतियोगिता खेलको सफलताको शुभकामना दिंदै खेल मनोरंजनका लागि मात्र नभई स्वास्थ्यका लागि समेत महत्वपूर्ण रहेको बताए।
क्लवका अध्यक्ष गजेन्द्र घलेको नेतृत्वमा कार्तिक ११ गतेबाट सुन्दरहरैंचा नगरपालिका वडा -५ मा रहेको गौशाला नजिक रहेको खोक्सी खेलमैदानमा सुरु भएको थियो भने खेलमा ८ वटा टिमले भाग लिएका थिए।

