चौथो बुढीगंगा सुक्चर च्यालेञ्ज कपको उपाधी पुर्वाञ्चल यूनाईटेड क्लबलाई


चन्दन रौनियार
दुहबी / मोरङको वुढीगंगा ६ सुक्चर खेल मैदानमा  सम्पन्न भएको फाईनल खेलमा पुर्वाञ्चल यूनाईटेड क्लब सुन्दरहरैंचाले चुुलाचुली फुटबल क्लब झापालाई ५–१ गोलको अन्तरले पुर्वाञ्चल यूनाईटेड क्लब उपाधी जितेका हुन् ।उपाधी जितेका पुर्वाञ्चल यूनाईटेड क्लबले नगद रु १ लाख १ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेछ  भने उप विजेता चुलाचुली फुटबल क्लब झापाले नगद रु ५१ हजार सहित शिल्ड मेडल र प्रमाण पत्रमा चित्त बुझाएका छन् । 
त्यसैगरी खेलको व्यक्तिगत विधातर्फ उत्कृष्ट
त्यस्तैगरी पुर्वाञ्चल यूनाईटेड क्लब सुन्दरहरैंचा जर्सि न.३१का निरज चौधरी उत्कृष्ट गोलकिपर बन्दै नगद २ हजार १सय संगै मेडल,ट्रर्फी तथा प्रमाणपत्र प्राप्त गरेका छन ।
खेलको सुरुवाती देखिनै पुर्वाञ्चल यूनाईटेड क्लबले खेललाई आफ्नो पक्षमा लिई निरन्तर ५ गोल गरेका थिए तर खेलको अन्तिम समयमा चुलाचुलि क्लबका ओसिन राईले १ गोल फर्काई लज्जासस्पद हार वेहोरिएका थिए ।
नव युवा क्ल्बको आयोजनाम चौथो बुढीगंगा फुटबल प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी र बढी गोल (७) गरीनेमा पुर्वाञ्चल यूनाईटेड क्लबका बबिन बोहरा चुनिएका थिए उनलाई दुवै विधा तर्फबाट नगद रु २ हजार ५ सय सहित मेडल र प्रमाण पत्र पदान भएको हो ।

त्यसैगरी पुर्वाञ्चल यूनाईटेड क्लब सुन्दरहरैंचा जर्सि न.७ पुजन चौधरी  सर्वोत्कृष्ट स्टाईकरको उपाधि चुमेका छन उपाधिसंगै उनले पनि नगद २ हजार १सय मेडल प्रमाणपत्र तथा ट्रर्फि हात पारे ।

चुलाचुली फुटबल क्लब झापा जर्सि न.७का कोमल खवास उत्कृष्ट मिडफिल्डर घोषित भएभने नव युवा क्लब बुढिगंगा सुकचर जर्सि न.७ का दिपक चौधरी  उदयमान खेलाडीको रुपमा आउदै जनही नगद २  हजार १सयका साथै संगै मेडल,ट्रर्फी तथा प्रमाणपत्र प्राप्त गरे ।
त्यसैगरी उत्कृष्ट प्रशिक्षकको पुरस्कार पुर्वाञ्चल यूनाईटेड क्लब सुन्दरहरैंचाका बिवश गुरुङ  घोषित भएभने उनले पनि नगद २ हजार १ सय सहित मेडल प्रमाणपत्र तथा ट्रर्फि हात पारे ।
प्रतियोगिताको प्रमुख अतिथि संघिय संसद पुर्व मन्त्री अमन लाल मोदीले आफ्नै गाउँठाउँमा लोकप्रिय खेल फुटबल प्रतियोगिता हुँदा गर्भ भएर लाग्ने गरेको बताए । 

फुटबल प्रतियोगिताले मानोञ्जन मात्र प्रदान नगरी खेलाडीहरुकै कारणबाट देश गाउँ ठाँउ चिनिने समेत गरेको बताए ।
आफ्नो मन्त्री पदको कार्यकालमा आफुबाट हुने जति सक्दो पहल गरी प्याराफिट निर्माणको लागी बजेट विनियोजन गरी कार्य गरेको बताए । त्सैगरी खेलमैदान सम्म विजुलि बत्तीको कमि भएको हुँदा आफु कहाँ यहाँका युवाहरुको डेलिकेशनमा आउदा तुरुतक विजुलि बत्तिको समस्यालाई समाधान गरीने पहल गरेको बताए । 

अगामी दिनहरुमा पनि आफुबाट हुन सक्ने कार्यहरु निरन्तर यस ठाँउको लागी विभिनन सहयोगहरु गरी राख्ने प्रतिवद्धता पुर्व मन्त्री मोदिले जनाए । 

यसैगरी कार्यक्रमको शुभकामना मन्तव्य बुढीगंगा वडा नं.६ का वडा अध्यक्ष दिलिप चौधरीले राख्दै फुटबल खेल संसारकै लोकप्रिय खेल भएको कारण यसै खेलबाट विश्व चिनिने लियोनेल मेसी , पेले ,क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडीहरुले आºनो प्रतिभा देखाई आफ्नो देशको नाम विश्व सामु चिनाउन सफल भए यसै अनुरुप पनि सुक्चर खेलमैदानमा खेलिने खेलाडीहरुले पनि खेल जगतमा व्यवसायीक तवरले विश्व सामु चिनाउने आशा राखेको वडा अध्यक्ष चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *