साताैँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता २०८१ हुने
योगेन्द्र योगी/एलएन गच्छदार
बिराटनगर : मोरङमा साताैँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप २०८१ हुने भएको छ । बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग स्थित स्थानीय प्रस्तावित रंगशाला लक्ष्मी खेल मैदानमा सातौ बेलबारी आरजु राईस अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप २०८१ असोज ११ गतेदेखी १९ गते सम्म सञ्चालन हुने भएको छ।
प्रतियोगिता वडा नम्बर ११ को लक्ष्मी खेल मैदानमा आयोजना हुनेछ। यस वर्षको प्रतियोगिताका लागि नयाँ ट्रफी निर्माण गरिएको छ। स्थानीय पोपीराज र ज्योतिराज राईले आफ्नो स्वर्गीय बुबा मज एन बी रुङ्माहाङ राईको स्मृतिमा ८ लाख रुपैयाँको लागतमा सुन र चाँदीबाट ट्रफी बनाएको ज्योतिराज राईले जानकारी दिए ।
ट्रफि दुई तोला सुन र २ किलो ५ सय ग्राम चाँदि बाट निर्माण गरिएको हो । साे ट्रफि क्लबलाई हस्तान्तरण गरिएकाे छ । उक्त रनिङ कप ट्रफि लगातार तिन पटकको विजेता टोलीले प्राप्त गर्नेछ ।
साे ट्रफि क्लबलाई हस्तान्तरण गरिएकाे छ । प्रथम संस्करण देखी छैठौं संस्करण सम्म डाँगिहाट युथ क्लब आयोजकको नाम रहदै आएकोमा यस पटकभने आयोजक क्लवको नाम परिवर्तन भई एल एक्स सिटि फुटबल क्लव) भएको क्लवका अध्यक्ष बिक्रम राईले जानकारी दिए ।

छैटौ संस्करणमा ८ टोलीले प्रतिष्पर्धा गरेकोमा यसपटकको प्रतियोगितामा नेपालका आयोजक एल एक्स सिटि फुटबल क्लव सहित साविक विजेता ब्रिगेड व्वाईज क्लब काठमाण्डौं, नेपाल पुलिस क्लव काठमाण्डौ, चित्लाङ फुटवल क्लव काठमाण्डौं रहने छ ।
यसैगरी, बुटवल लुम्बिनी फुटवल क्लव बुटवल, झापा ११ फुटवल क्लव झापा, सलहेश युवा क्लव सिरहा, भोजपुर जिल्ला फुटवल संघ भोजपुर, रारा फुटवल क्लव राजारानी धनकुटा र भारतको दलसिंहपारा स्पोर्टस एकेडेमी जयगाँउ वेस्ट वेंगाल गरी १० टिमको सहभागीता रहनेछ ।
प्रथम पुरस्कार नगद ८ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने दोश्रो पुरस्कार नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
म्यान अफ दि म्याच ५ हजार दरले दिइने छ भने विधागत पुरस्कारहरु सर्वोत्कार खेलाडी, सर्वोत्कृष्ट गोल रक्षक, सर्वोत्कृष्ट रिडरने जेष्ट मिड फिल्डर, सर्वोत्कृष्ट गोलकतो उदयीमान खेलाडि र सर्वोत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कारको व्यस्था गर्ने आयोजकले जनाएको छ ।
उक्त खेलकुद प्रतियोगितालाई आश्रय सुधार केन्द्रका कार्यक्रम संयोजक सेवक खत्रीले दस हजार पीस टिकट सहयोग गरेका छन् । विगतका संस्करणहरुमा पनि आर्थिक सहयोग गर्दै आएको कार्यक्रम संयोजक खत्रीले बताए ।




