साहित्यमा याेगदान पुर्याएकाेलाई सम्मान
इटहरी । माेरङ बिराटचाेकमा नझरेका फुलहरु नामक संस्थाले गितकार किरण लिम्बू,सञ्चारकर्मी लक्ष्मी थेबे,गायकि यसाेदा पराजुली र गायक गणेश लाई एक सांगीतिक कार्यक्रमकाे माझ नगद दस,दश हजार र प्रमाणपत्र सहित सम्मान गरिएकाे छ ।
नेपाली भाषा,साहित्यमा याेगदान पुर्याएकाे भन्दै किरण लिम्बूलाई सम्मान गरिएकाे हाे भने सञ्चार क्षेत्र र समाजसेवा मा याेगदान पुर्याएकाे भनेर लक्ष्मी थेबेलाई सम्मान गरिएको हाे त्यसै गरि नेपाली कला संगित र सस्कृतिकाे क्षेत्रमा याेगदान पुर्याएकाे भनेर यसाेदा गणेश लाई सामाजिक बिकास मन्त्री राजन राई द्वारा सम्मान गरिएकाे हाे ।
कार्यक्रममा मा गायक तारा प्रकाश लिम्बूले के साच्चै तिमी रिसाकै हाै र के साच्चै तिमी नबाेल्ने हाै र,बेबी आइलभयु लगायतका दर्जनाै गितहरु गाएर मनाेरञ्जन गराएका थिए भने गणेश यसाेदाले दिनढल्याे अधेरी रातमा,माेहनि लाग्ला है लगायतका गित गाएर दर्शकलाई मनाेरञ्जन गराएका थिए ।





