सुकुनामा बालदिवसकाे अवसरमा स्वागत सम्मान कार्यक्रम सम्पन्न

सुकुनामा बालदिवसकाे अवसरमा स्वागत सम्मान कार्यक्रम सम्पन्न

मणिराम दाहाल / सुन्दरहरैँचा

माेरङकाे सुन्दरहरैँचा नगरपालिका १० मा रहेको सुकुना माध्यमिक विद्यालयले राष्ट्रिय बालदिवसकाे अवसर पारेर स्वागत तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा स्वागत सम्मानका साथै अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य, गायन तथा पढाइ लगायतका विधामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरि नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएकाे विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले जानकारी दिए । उनले देशकै नमूना सुकुना माविकाे गरिमालाई कायम राख्न सबै पक्ष एक भएर लाग्नुपर्ने समेत उल्लेख गरे ।

कार्यक्रमकाे अवसरमा लाखेनाच लगायत विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयाेजना गरिएको साथै विदाइ भएर सरूवा हुने शिक्षक नन्दकुमारी भण्डारीलाई सम्मान गरिएकाे विद्यालयका सहायक प्र.अ राजेन्द्र गिरीले बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मातृकाप्रसाद ढकालले गहन उदेश्य बाेकेर अघि बढिरहेको याे विद्यालय धेरैकाे राेजाईमा परेको तथा यसलाई अझ उचाईमा लान सराेकारवालाकाे साथ सहयाेग आवश्यक भएको उल्लेख गरे । हाल यस विद्यालयमा ४ हजार भन्दा बढी विद्यार्थी सुविधा सम्पन्न भवनमा अध्यानरत छन् । देश भरिका सामुदायिक विद्यालयतर्फ उत्कृष्टकाे सुचिमा समावेश यस विद्यालय अभिभावक, विद्यार्थीको रोजाईमा पर्दै गएको स्थानीयहरू बताउँछन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ