बेलगाछीमा दुर्व्यसनी न्यूनीकरण गर्न प्ले कार्ड सहित सचेतनामूलक कार्यक्रम
मोरंग सुन्दरहरैंचा नगरपालिका वडा -७ मा लागु पदार्थ दुर्व्यसनी न्यूनीकरण गर्ने उदेश्यका साथ एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । गछिया प्रहरी चौकी तथा बेलगाछी टोल बिकास संस्थाको आयोजना र आश्रय सुधार केन्द्रको सहकार्यमा टोल-टोल परिक्रमा गरि संदेशमुलक लेखिएको प्ले कार्ड सहित र्याली निकालिएको थियो। चेतनामुलक कार्यक्रममा , स्थानीय सरोकारवाला लगायत १ सय भन्दा बढीको सहभागिता रहेको थियो ।

दुर्व्यसनीले व्यक्तिको शारीरिक ,मानसिक ,शैक्षिक तथा सामाजिक हिसाबमा समेत नकारात्मक असरपर्ने भएको हुदा लागू पदार्थ दुर्व्यसनीको सिकार हुनबाट आफै जोगिन सक्नुपर्ने भन्दै अब स्थानीय निकाय, वडाले समेत नीति तथा कार्यक्रम मार्फत न्यूनीकरणमा लाग्ने वडा अध्यक्ष भुवनसिंह मगरले बताए । उहाँले कतिपय बालबालिका विद्यार्थीहरु साथी सङ्गिको लहलहैमा लागेर पनि दुर्व्यसनीको बाटोमा लाग्ने गरेको हुँदा यो कुरामा समेत गम्भीरतापुर्वक सोच्नुपर्ने बताएका छन ।
कार्यक्रममा सहभागीलाई प्रशिक्षण दिदै ईलाका प्रहरी कार्यालयबेलबारीका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र धमलालले लागु औषध ,लागू पर्दाथ भनेको के हो ? र यसबाट कसरी बच्ने, यसको सेवन तथा ओसारपसारले पार्ने असर र कानुनी कारबाहीका बारेमा जानकारी समेत दिए ।
पछिल्लो समय युवापुस्ता र अधिकांश स्कुले विद्यर्थीहरु कुलतमा फस्ने गरेको पाइएक हुँदा उनीहरूलाई सचेतता जगाउनका लागि यस्ता खाल्का कार्यक्रम आवश्यक भएको महसुस गर्दै कार्यक्रमको आयोजना गरिएको तोला बिकास संस्थाका अध्यक्ष हेमन्त भट्टराईले बताए ।
उहाँले जीवनसँग हरेस खाएर, मानसिक तनाव भएर वा डर र त्रास मेटाउने बहानाले लागूपदार्थको लतमा लाग्ने युवाहरूको सङ्ख्या बढ्दै गएको भन्दै सबै सचेत हुनुपर्ने बेला आएको छ। लागू पदार्थ दुर्व्यसनी सेवन जस्तो गलत दिशामा लाग्न नहुने भन्दै सचेत रहन सुझाव दिदै गलत संस्कारले गलत संस्कृतिलाई जन्माउँने हुदा यस्तो खराव कार्यमा लाग्न नहुने भन्दै यसको न्यूनीकरणमा सबै लाग्नुपर्ने कुरा सरोकारवालाले जोड दिए ।






