समुन्नत दुहबी नगरपालिका निर्माणका लागि वृत परामर्श रोजगार मेला
सुनसरीको दुहबी नगरपालिकाको आयोजना तथा प्रदेश १ सरकारको सहकार्यमा युवाहरुलाई लक्षित गर्दै वृत्ति परामर्श उद्यम तथा रोजगार मेला सम्पन्न भएको छ ।
समुन्नत दुहबी नगरपालिका निर्माणका लागि बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउने साथै लघु उद्यामको माध्यमबाट परिष्कृत उद्यमशीलता प्रवद्र्धन गर्न मेला आयोजना गरिएको नगर प्रमुख बेदनारायण गच्छदारले बताए।
उनका भनाई अनुसार स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी तथा स्वरोजगारी उपलब्ध गराउने तथा उत्प्रेरित गर्ने अभिप्रायले आयोजना गरिएको वृत्ति परामर्श उद्यम तथा रोजगार मेलामा विभिन्न उद्योग व्यवसायहरूबाट सीप युक्त जनशक्तिको मागको रहेको छ ।
समुन्नत दुहबी नगरपालिका निर्माणका लागि बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउने, लघुउद्यमको माध्यमबाट परिष्कृत उद्यमशीलतामा प्रवर्धन गरी रोजगार र स्वरोजगारको अभिवृद्धि गराउने उद्देश्य लिई जनशक्तिलाई स्थानीय उद्योग, व्यवसाय, बैंकिङ्ग, पर्यटन, होटल व्यवसाय लगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन मेला सार्थक रहेको नगर प्रमुख गच्छदारले बताए।
स्थानीय लघु उद्यमीहरुले उत्पादन गरेका सामग्रीको बजार खोजीका साथै मेलामा प्रदर्शनी र बिक्रीको व्यवस्था पनि मिलाएको थियो ।
मेलाबाट विद्यार्थी, युवाले वृत्ति परामर्श सेवा प्राप्त गर्ने, बेरोजगार युवाहरूले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारी प्राप्त गर्ने, श्रमसंसार मार्फत रोजगारी तथा सीपको अवसरको जानकारी प्राप्त गर्ने अवसर पाएको अबलोकनकर्ता मिलिराम चौधरीको भनाइ छ।





