सुकुनाको डेंगु नियन्त्रण तथा विधालय सरसफाई अभियान, पत्रुखानालाई निरुत्साहित गर्ने

सुकुनाको डेंगु नियन्त्रण तथा विधालय सरसफाई अभियान, पत्रुखानालाई निरुत्साहित गर्ने
एलएन गच्छदार

डेंगुबारेमा विधार्थीलाई सचेत तुल्याउँदै डेंगु नियन्त्रण तथा विधालय सरसफाई अभियान थालनी गर्न लागेको छ। मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -१० मा रहेको सुकुना माध्यमिक विधालयले गर्मीयाम भएसँगै डेंगुको फैलने भएकाले यो अभियान सुरु गरेको हो।

सुकुनाले बुधबार विद्यालय परिसर तथा आसपासको क्षेत्रमा डेंगु नियन्त्रण तथा सरसफाई सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बिधालय ब्यबस्थापन समिति, शिक्षक, कर्मचारी, बिधार्थी, बिभिन्न कल्ब सहितको २ हजार भन्दा बढीको सहभागिता सामाजिक रुपमा जागृत गराउने उद्धेश्य यस किसिमको कार्यक्रम गरेको प्रध्यानाध्यापक हिक्मत बहादुर बस्नेतले बताउनुभयो।

प्लाष्टिक र कागजराहित वातावरण मार्फत सफा, सुन्दर र हरित विधालय बनाउने उद्धेश्यका साथ कार्ययोजना बनाएर काम गर्ने विधालयका प्रध्यानाध्यापक हिक्मत बहादुर बस्नेतले बताउनुभयो।

बिधालयको चमेना गृहमा अस्वस्थ्यकर खाना बिक्रीवितरण नगर्ने र बिक्रि गर्न पाउने खादपदार्थको सुची बनाउनुपर्ने त्यसको पालना सबै शिक्षक, कर्मचारी विधार्थीले कार्यन्वयन गर्नु पर्ने बिषयमा जोड दिएका छन। पत्रु खाना जंग फूडलाई समेत निरुसाहित गर्ने भएको छ।

बिधालय समाजको प्रतिबिम्ब भएको हुनाले बिधार्थीको माध्यमबाट डेंगुबारेमा विधार्थीलाई सचेत तुल्याउँन सचेनातामुलक कार्यक्रम गरेको शिक्षक तथा रेडक्रस सोसाइटी युवा सर्कल सह नायक शिक्षक यशोधा धमालले तर्क प्रस्तुत गर्नुभयो।

विधालय इको क्लब तथा योग समुहले बिभिन्न सदाबहार फुलफुल्ने बिरुवा रोपण, जडिबुटीका बिरुवा रोपण त्यसको हेरचाह गोडमेल गर्नेछन। बिधालयले सरसफाई वडा पत्र २०८१ समेत जारी गर्दै डस्विन ब्यबस्थापन, प्रयोग र त्यसको सरक्षण गर्न, सरसफाई गर्ने, तालिका निर्माण र कार्यन्वयन गर्न एक कक्षा, एकबार सरसफाई अभियान चलाउने समेत उल्लेख गरिएको छ।

त्यसै गरी सुकुना माविले किताबी ज्ञान मात्र होइन ब्यबहारिक शिक्षा दिएको भन्दै यस्ता किसिमको प्रभावकारी र रचनात्मक कार्यक्रमले सकारात्मक उर्जा दिएको कक्षा -१२ मा अध्यनरत बिधार्थी केशव पौडेलले बताएका छन।

सरसफाई संगै अतिरिक्त सुर्तीजन्य पदार्थ, लागु पदार्थ दुर्व्यसनी नियन्त्रण गर्न बृहत अन्तरक्रिया कार्यक्रम सचेतना अभियान , नगर कार्यपालिकासंग समन्वय गरी कार्यक्रम गर्ने बिधालय ब्यबस्थापन समितिका अध्यक्ष मातृका प्रसाद ढकालले बताउनुभयो । वहांले सुर्तीजन्य पदार्थ, सेवनको प्रयोग गर्न नपाइने र प्रतिबन्ध लगाएको बताउदै त्यस्ता गतिबिधि पाइएको देखिए विधार्थी, शिक्षकले कारबाहीको भागीदार हुनुपर्ने बताउनु भयो।

अर्को तर्फ भने सार्वजनिक स्थानमा सुर्तीजन्य तथा धूम्रपान सेवनमा निषेध गरेको छ । तर, सम्बन्धित निकायको अनुगमन तथा नियमन नहुँदा निषेध कार्यक्रम प्रभावकारी हुन सकेको छैन । डेंगु नियन्त्रण तथा विधालय सरसफाई अभियानले समाज सकारात्मक संदेश र उदाहरणीय कार्यको खुलेर प्रसंसा गर्न सकिन्छ भने विधालय नजिकका पसलमा सुर्तिजय पदार्थ बेचबिखन रोक्न सम्बन्धित निकायको समेत ध्यान जान जरुरी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *