सुन्दरहरैँचामा तीज विषेश कार्यक्रम सम्पन्न
बिराटनगर : मोरङ सुन्दरहरैँचा नगरपालिका- ५ मा तीज विषेश कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार वडा कार्यालयको प्राङगणमा तीज विषेश कार्यक्रम गरेको हो ।
कार्यक्रमका अध्यक्ष तथा वडा सदस्य ईन्दिरा चापागाई घिमिरेले सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन कि सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिइएको छ।
कार्यक्रममा कार्यवाहक वडाध्यक्ष श्याम खनालले सामाजिक सद्भाव कायम गर्न सदियाैँ पहिलेदेखि मनाउँदै आएको तीज पर्वलगायत अन्य चाडपर्व पनि गहना, कपडाको प्रदर्शन र नाचगान मात्र नगरी प्रतिफल देखिने काम गरी मनाउन आग्रह गरेका थिए।

कार्यक्रममा सहभागीहरुलाई तीजको दरसहित बिभिन्न सास्कृतिक कार्यक्रम गरिएको कार्यक्रम समाजसेवी बिशाल गुरागाईले जानकारी दिए। कार्यक्रममा कलाकारहरू बालकृष्ण सिग्देल,दुर्गा पराजुली र यमूना पराजुलीले तीजको गीत गाएर रमाइलो माहौल तताएका थिए।
राजनीतिक दल,संघ संस्थाका प्रतिनिधिहरु लागायत २ सय भन्दा बढी महिला दिदीबहिनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम कोशि प्रदेशका सांसद शिला दीक्षित कार्की प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको सहजीकरण बाबा बस्नेत कार्कीले गरेकी थिइन् ।






