राजवंशी भाषाको म्यूजिक भिडियो “ तोर सङे माया ” सार्वजनिक

मोरङ : राजवंशी भाषाको “तोर सङे माया” म्यूजिक भिडियो सार्वजनिक भएको छ । आर.आर. म्यूजिक प्रोडक्सन युट्युव च्यानलबाट आज सो म्यूजिक भिडियो रिलिज भएको हो ।

भिडियोमा मुख्य कलाकार दिनेश राजवंशी र सुस्मिता पाण्डे रहेका छन् । म्यूजिक भिडियो आकर्षक बनाउन मुलघाट, धनकुटा, भेडेटार ,तरहरालगायतका रमणीय स्थलको भिडियो सुट गरिएको कलाकार दिनेश राजवंशीले जानकारी दिए।

यस गीतमा राष्ट्रिय गायक बलबहादुर राजवंशी र अनु चौधरीको मीठो स्वर रहेको छ । भिडियोमा सागर साह (गुरु), कार्तिक राजवंशी, अनिल राजवंशी, सत्यनारायण राजवंशी, रमेश राजवंशी, सुनकुमार राजवंशी, अशोक राजवंशी, मिथुन राजवंशीलगायतका अन्य कलाकारहरु पनि रहेका छन् ।

झापा, मोरङ र सुनसरी जिल्लामा बसोबासरत राजवंशी जातिले आफ्ना भाषामा धेरै म्यूजिक भिडियो तथा फिल्महरु निर्माण गरिसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *