गुणस्तरीय शिक्षाका निमित्त ‘अभिभावकसँग सुकुना कार्यक्रम’ – सहायक प्रधानाध्यापक गिरी

योगेन्द्र योगी
बिराटनगर : मोरङको सुन्दरहरैचा १० मा रहेको  सुकुना माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र प्रसाद गिरीले गुणस्तरीय शिक्षाका निमित्त विद्यार्थीहरुलाई बढी भन्दा बढी इंगेज गाराउने उदेस्यले ‘अभिभावकसँग सुकुना कार्यक्रम’ संचालन गरेको बताएका छन्। 

कक्षा ४ देखि सुरु भएको अभिभावकसँग सुकुना भन्ने कार्यक्रम बिहिबारसम्म आइपुग्दा ६ कक्षासम्म आइपुगेको सहायक प्रधानाध्यापक गिरीले जानकारी दिए। उनका अनुसार बिहिबार कक्षा ६ मा अध्यनरत ४ सेक्सनका अभिभावकहरुलाई बोलाएको,यस कार्यक्रमको मुख्य उदेस्य भनेको अभिभावकहरुबाट विद्यालयले केहि सल्लाह सुझाव लिने र उनीहरुको नानीहरुको बारेमा कक्षा शिक्षकले रिपोर्टिङ गर्ने कार्यक्रम गरिरहेको बताए। 

समग्रमा हाम्रो कार्यक्रमको उदेस्य भनेको विद्यार्थीहरुलाई बढी भन्दा बढी इंगेज गाराउने हो,सहायक प्रधानाध्यापक गिरीले भने,’गुणस्तरीय शिक्षाका निमित्त विद्यार्थीहरुलाई के कसरी अगाडी बढाउन सकिन्छ भन्ने नै हो।’ सुकुना माविको शैक्षिक हवलाई उचाईमा पुर्याउने भन्ने कार्यक्रम अन्तर्गत अहिले  ‘अभिभावकसँग सुकुना’ भन्ने कार्यक्रम संचालन भइरहेको बताए। 

यो कार्यक्रम १२ कक्षा सम्मकै अभिभावकहरुलाई विद्यार्थीहरु मार्फद निम्तो पठाउने र सबै अभिभावक क्रमश आएर आफ्नो नानीहरुको पढाईको बारेमा कुरा बुझ्ने अवसर पनि प्रधान गरेको उनले बताए। यस कार्यक्रम मार्फद विद्यालयको पनि केहि कम्जोरी भए जानकारी गराउन सकिने उनले बताए।  

विद्यालयलाई अझ प्रगतिमा लैजान र समाजसँग जोडिनको लागि लागिपरिरहेको बताए। ‘अभिभावकसँग सुकुना’ भन्ने कार्यक्रम भदौ महिना भरी संचालन हुने समेत विद्यालयले जनाएको छ। नेपालको ठूला २० विद्यालयहरुको सूचीमा यस मावि पनि समेटिएको छ। 

नेपाल सरकारबाट मान्यता प्राप्त नमूना विद्यालय अन्तर्गत यस विद्यालयमा कक्षा १२ सम्म पढाइ हुने गरेको छ भने हाल चार  हजार ९६ जना विद्यार्थी अध्यानरत रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *