मोरङको सुन्दरहरैंचामा दिउसै १२ लाख बराबरको धनमाल चोरी
मोरङको सुन्दरहरैंचामा दिउसै १२ बराबरको धनमाल चोरी,समयमा पुग्दैन प्रहरी
मोरङ : मोरङको सुन्दरहरैंचा नगरपालिका वडा- २ जोगियारेमा एक घरबाट बिहिबार दिउसै १२ लाख बराबरको सुन, चाँदी र नगद लुटिएको छ। दिउसो करिव ३:३० बजे कलशलाल भगतको घरमा सो घटना भएको हो।
घरमा १२ वर्षको छोरा सुशान्त खबास बाटोमा खेलिरहेको र तिम्रो घर कुन हो मलाई देखाई देउ भनेर ती व्यक्ति आएका थिए। मलाई तिम्रो मम्मीले पठाएको भनेर ती ब्यक्ती वाइफाइको कागज लिन आएको भनेर झुक्याएर घरको ताल्चा खोल्न लगाएको छोरा सुशान्तले बताए।
घरमा बालक मात्र भएको मौका छोपी चोरले कोठा प्रवेश गरि वाइफाइ कागज खोज्ने बहाना बनाउदै दराज फोडेको पाईएको छ । त्यति बेला सुशान्त भने पानी पीउन भनेर धारामा गएका थिए।
उनी धाराबाट पानी पिएर फर्किने बित्तकै ती व्यक्तिले मेरो काम सकियो भनेर मम्मी आएपछि आउछु भनेर चोर ठाप कसेको छोराले बताए । तर छोराले मम्मीले पठाएको मान्छे हो भनेर चोरी गरेको पत्तो पाएनन ।
बबिता घर आइपुग्दा छोराले वृतान्त सुनाएपछि छाँगाबाट खसिन । दराज हेर्दा हथौड़ाले फुटाएर गरगहना र नगद केहि पनि भेटिनन् । बबिताका अनुसार दराजमा ७ तोला सुन, चाँदी र नगद गरी १२ लाख बराबर चोरी भएको बताइन।
ती ब्यक्ती निलो पल्सरमा आएको र पहाडिया मुलुक जस्तो देखिने हापेन्ट र निलो र कालो टी-सर्ट लगाएर आएको बताईएको छ । चोरी गरेर ती व्यक्ति पश्चिम तिर लागेको छोराको भनाइ छ । घटना घटेको केही समयपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेको बताईएको छ।
तर स्थानीयका अनुसार घटना हुने बित्तकै प्रहरीलाई खबर गरेको भएपनि समयमा न आउदा ती चोर भाग्न सफल भएको बताएका छन्। उनीहरुले दिउसै चोरी भएको भन्दै प्रहरीको शान्ति सुरक्षा माथि पनि प्रश्न उठाएका छन्।
