सुन्दरहरैंचा हत्याकाण्ड: हत्या आशंकामा श्रीमान श्रीमती पक्राउ

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १ मा कृषि फार्म सञ्चालन गर्ने सहदेव बजगाईँको हत्यामा संलग्न रहेको आशंकामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले हत्यामा संलग्न रहेका आशंकामा एक दम्पती(श्रीमान-श्रीमती)लाई सुनसरीबाट पक्राउ गरेको हो । सुन्दरहरैंचा वडा नं १ मा कृषि फार्म गर्दै आएका सहदेव बजगाईँको आज बिहीबार बिहान १०:३० बजे मृत अवस्थामा शव फेला परेको थियो ।

बजगाईँको धारिलो हत्यारा बञ्चरो र दाउले शरीरको विभिन्न भागमा प्रहार गरेर हत्या गरिएको थियो । पक्राउ परेका दुईजना माथी थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *