तेस्रो राष्ट्रिय थारु चलचित्र महोत्सव झुम्कामा सुरु

जेष्ठ ३२ गते। रामधुनी

थारू समुदायको भाषा, संस्कृति र संस्कारलाई जोगाउने उद्देश्यले दुई दिने तेस्रो थारू चलचित्र महोत्सव बुधबार बाट सुरु भएको छ ।

थारु चलचित्र तथा सांस्कृतिक संघ, केन्द्रिय कार्यसमितिको आयोजनामा सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रि अमनलाल मोदीको प्रमुख आतिथ्यतामा पूर्वदेखि पश्चिमसम्म छरिएर रहेका थारु चलचित्रकर्मीहरु तथा थारु चलचित्र उद्योगमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम गरिने भएको छ ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारु समूदायका कलाकारले निर्माण गरेका फिल्म एउटै थलोमा देखाउन र बजार प्रवर्द्धन गर्न महोत्सव गरिएको तथा पुर्वको चलचित्रहरूले के निर्माण गरे पश्चिमका चलचित्रहरूले के गर्ने गरे भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको आदिवासी कला संस्कृति प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभाअध्यक्ष परशुराम चौधरीले बताए ।

थारु चलचित्र तथा सास्कृतिक संघ केन्द्रिय कार्यलय काठमाडौंको आयोजना भएको हो ।हालसम्म जातीय भाषा, संस्कृति र संस्कार झल्कने करिब ११५ ओटा थारु चलचित्र र ८० भन्दा बढि छोटो फिल्म निर्माण भएको प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *