केराबारी गाउँपालिकाको निति तथा कार्यक्रम प्रस्तुत
मोरङको केराबारी गाउँपालिकाको १२ औं आर्थिक वर्ष २०८०/८१ गाउँ सभा अधिवेशनमा निति तथा प्रस्तुत कार्यक्रम भएको छ ।
१२ औं गाउँसभाको अधिवेशनमा आर्थिक वर्षको २०८०/८१ गाउँपालिकाले निति तथा कार्य योजनामा बजेट निर्माण , विकास निर्माणका काम , पुर्वाधार विकासका नीति, शिक्षा युवा तथा खेलकुद , स्वास्थ्य , खानेपानी तथा सरसफाई , यातायात , लैङ्गकि समानता , सामाजिक सुरक्षा र समावेशीकरण , कृषि विकास सहकारी, पशुपन्छी तथा मत्स्य , उद्यम विकास , राजस्व, रोजगार , वातावरण तथा विपद व्यवस्थापन , संस्थागत क्षमता विकास , सेवा प्रवाह र सुशासन सहित निति तथा कार्यक्रम अधिवेशन भएको हो ।
गाउँपालिकाको ”कृषि पर्यटन सहितको पुर्ण पुर्वाधार समृद्ध केराबारी हाम्रो आधार ” भन्ने मुल नारा सहित गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा भोलि शुक्रबार हुने केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले बताए ।
श्रम संस्कृतिको उजागर गर्दै स्थानीय विकास निर्माणमा जनताको अधिकतम श्रम सहभागिता मार्फत कम लागतमा श्रममुलक योजनाहरू सञ्चालन गरीने , खोला नदि उकासमा रहेका तथा अन्य सार्वजनिक जग्गाहरुको पहिचान गरी सम्भाव्यताको आधारमा वृक्षारोपण तथ सामुहिक खेती गरी गाउँपालिकाको आन्तरीक श्रोतलाई मजबुत गर्दै लगिने , केराबारी वजार क्षेत्रमा सार्वजनिक शौचालय तथा बसपार्क निर्माणका लागि विशेष पहल गरिने , कृषि प्राविधिक सेवा क्रमशः वडा स्तरसम्म बिस्तार गरिने, सम्पूर्ण पशुहरुको औषधि सहित निःशुल्क उपचारको व्यवस्था मिलाईने ,गाउँपालिकाको पर्यटन विकासको सम्भाव्यता अध्ययन गरी एकीकृत पर्यटन विकासको गुरुयोजना तयार गरी गुरुयोजना अनुसार लगानी गरिनेे, सबै पर्यटीय क्षेत्रहरु जोड्न पदमार्गको पहिचान र विकास गरिने, स्थानीय कला संस्कृति र साहित्यको संरक्षण र विकासमा जोड दिइने जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।
केराबारीको व्यवसायिक क्षेत्रमा ड्रेनदेखि ड्रेनसम्म कालोपत्रे, फुटपाथमा सडकबत्ती र सडक डिभाईडर सहित बजारको सुन्दरीकरण गरिने , शिक्षालाई प्रविधिसँग आबद्ध गर्दै गुणस्तरीय शिक्षाको विकासमा जोड दिइने, सामुदायिक विद्यालयहरु मध्ये भौगोलिक क्षेत्र अनुसार पालिकामा कम्तिमा ६ वटा माध्यमिक विद्यालयहरुलाई क्रमशः नमूना विद्यालयको रुपमा विकास गर्दै लगिने , पालिकाका सबै स्वास्थ्य संस्थाहरुबाट आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवालाई निरन्तरता दिईने , अध्यक्ष सँग जेष्ठ नागरिक तथा अशक्त अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारलाई निरन्तरता दिने , गाउँपालिकाबाट हुने सेवा प्रवाहलाई चुस्त दुरुस्त र जनउत्तरदायी बनाइनेछ साथै सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण जस्ता कार्यक्रमहरु मार्फत जनताको गुनासो सुनुवाइ र उचित सम्बोधन गरिने, बजेटको अवधारणालाई आत्मासात गरिने ,संघीय नीति बमोजिम भूमिहीन दलित /सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको समस्या समाधान गर्ने कामलाई उच्च प्रथमिकताका साथ अगाडि बढाइने केराबारी गाउँपालिकाका प्रवक्ता तथा कार्यपालिका सदस्य नारायण प्रसाद भुजेल निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
कार्यक्रममा केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगर , प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई , विभिन्न वडाका सदस्य, कार्यपालिका सदस्य एवं वडाध्यक्ष र पालिकाका कर्मचारीहरु लगाएतको उपस्थिती रहेको थियो।
