हिमालयको थप शैक्षिक सुधार गर्न शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम

मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा -१० मा रहेको हिमालय इंगलिस स्कुलले आफ्नो विद्यालयको थप शैक्षिक सुधार गर्न एक दिने शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न गरेको छ । पहिलो सत्र अभिभावकलाई, दोेस्रो सत्र आफ्ना अभिभावकलाई अभिमुखीकरण कार्यक्रम गरिएको स्कुल प्रिन्सिपल कमल खनालले बताए ।

सुन्दरहरैंचा उधोग बाणिज्य संघको सभा हलमा संचालन भएको सो कार्यक्रममा छोराछोरीलाई विद्यालयमा भर्ना गरिदिएपछि आफ्नो जिम्मेवारी पूरा भएको मान्ने अभिभावकहरूका कारण विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिने गरेकाले विद्यार्थीले परीक्षामा उत्कृष्ट अंक ल्याउन अभिभावकलाई जागरुक बनाउन अभिभावकलाई अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको प्रिन्सिपल खनालले बताए ।

सो कार्यक्रममा प्रशिक्षक एवम् मोटिभेसनल् ट्रेनर सेवक बंजगाईंले वालबालिकालाई उनीहरुको सकारात्मक कुरामा प्रशंसा गर्नुपर्नेमा जोड दिनुभयो , बालवालिकालाई पिटेर , गाली गरेर सुधार गर्न नसकिने वरु अभिभावकले असल व्यवहार घरमा गरिरहँदा बालबालिकाले आफै उत्तम संस्कार सिक्ने उत्प्रेरणा दिएका थिए । आफ्ना छोराछोरीलाई परीक्षामा उत्कृष्ट अंक ल्याउन घरमा पनि अभिभावकले अध्ययनको वातावरण बनाउनुपर्ने , मित्रवत् व्यवहार गर्नुपर्ने , अभिभावकले शिक्षकका रूपमा भूमिका खेल्नुपर्ने , छोराछोरीका निम्ति सधै प्रेरणादायी भूमिका खेल्नुपर्ने , सहयोगी वन्नुपर्ने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *