मञ्जुश्री २८६० औं डुक (मु पुख्री) ल्हो सोनाम ल्होसार विविध कार्यक्रम गरी मनाउदै

एलएन गच्छदार

सुन्दरहरैंचा / माघ २७ गते

मञ्जुश्री २८६० औं डुक (मु पुख्री) ल्हो सोनाम ल्होसार एक कार्यक्रमवीच सुन्दरहरैंचामा मनाइएको छ । नेपाल तामाङ खेदुङ सुन्दरहरैंचा नगरकार्यसमितिको आयोजना सुन्दरहरैंचा नगरपालिका वडा -१० मा रहेको  रिन्छेन छायोलिङ बौद्ध गुम्बा  शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक  कार्यक्रम मनाएका छन ।

लामा गुरुले पृथ्वी भरीका भुत, प्रेत, सिमे, भुमे लगायतका देवतालाई भाव मन्त्र उच्चारण गर्दै नगर प्रमुख केदार प्रसाद गुरागाईंले कुङ्बामा दिप प्रज्वलन गरी उदघाटन गरेका थिए ।

आफ्नो समुदायमा उल्लेखनीय योगदान पुर्याएबापत उच्च मुल्यांकन गर्दै तामाङ घेदुङ्का  ४ जना व्यक्ति शेर्मान योन्जन, मान बहादुर बल, रण बहादुर स्याङ्बो र रम प्रसाद दुम्जनलाई सम्मान गरेको थियो। त्यसैगरी तमाङ समुदायकै नेपालमै पहिलो कम उमेर भएका शिक्षिका लेकी डोमा गोम्देनलाई समेत सम्मान गरेको थियो भने  नगरमा तामाङ समुदायका उत्कृष्ट विद्यार्थी  डोल्मा घिसिङ तामाङलाई प्रोत्साहन स्वरुप पुरस्कार  वितरण समेत गरेको थियो।

नगर प्रमुख गुरागाईंले  कार्यक्रममा बोल्दै, यस किसिमको कार्यक्रमले तामाङ सामुदायमा आधारित मौलिक सांस्कृतिको विकासमा थप टेवा मिल्ने बताए । विभिन्न समुदायका भाषा संस्कार संस्कृतिको संरक्षण गर्न सके पर्यटन प्रवद्धन हुने विश्वास उनले व्यक्त गरे । भाषा संस्कार संस्कृति संरक्षण गर्नुपर्ने स्थानिय तहको समेत भुमिका रहेको धारणा ब्यक्त गरे।

सोनाम ल्होसारलाई ​मुसा, गाई, बाघ, खरायो,  मेघ (ड्रागन), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको छ। ल्होसारलाई नयाँ वर्षका रूपमा लिइन्छ। मञ्जुश्री पात्रोअनुसार २८६० औँ वर्ष शुरु भएको छ। खरायो वर्ष पूरा गरी मेघ (ड्रागन) वर्ष प्रवेश भएको नेपाल तामाङ खेदुङ प्रदेश अध्यक्ष रेख बहादुर तामाङले बताए ।

नेपाल तामाङ घेदुङ केन्द्रिय कार्यसमितिको कर्मचारी तथा सेना प्रहरी बिभाग प्रमुख  मित्रसेन योन्जनले नेपालमा मात्र होइन यो पर्व बिश्वका ६५ वटा देशमा मनाउदै आएको भन्दै आजकै दिन चीन, भुटान, थाइल्याण्ड, लासोस र मंगोलियालगायतका देशमा पनि ‘ल्हो’ परम्परा अनुसार नै नयाँ वर्ष मनाउदै आएको जानकारी दिए ।  योन्जनले  सामुदायिक तथा धार्मिक सहिष्णुता सहित मनाउनु पर्ने शुभेच्छा सहित ब्यक्त गरे ।

सो अवसरमा सामाजिक तथा राजनीतिक व्यक्तित्व  देवराज तमाङले सुन्दरहरैंचामा ९ सय ३१ घर तमाङ जातिको भएपनि नगरमै छुट्टाछुट्टै किसिमले कार्यक्रम गर्नु भन्दा एक ढिक्का भएर अघि बढ्न सुझाव सहित आफ्नो धारण राखेका थिए।

कार्यक्रममा समाजिक तथा राजनैतिक व्यक्तित्व ललित श्रेष्ठ, शिवप्रसाद ढकाल, धना तमाङ लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुले अफ्ना धारणा राखेका  थिए भने नेपालतामांङ घेदुङ नगर अध्यक्ष  भिम घिसिङ्ग तामाङको सभाध्यक्षतामा कार्यक्रम समापन भएको थियो । सो कार्यक्रम  नेपाल तमाङ घेदुङ सांस्कृतिक प्रतिष्ठानको सचिव मनु तामाङले कार्यक्रम संचालन गरेकी थिइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *