कमान्डर भनेको केपी बा जस्तो हुनुपर्छ – नेता रामप्रसाद रिजाल

रामप्रसाद रिजाल ,नेकपा एमालेका युवा नेता

जिवनको एक महत्त्वपूर्ण यात्रा पार गर्नु भयो नजिक बाट जनता को समस्या सुन्न आफ्नो ज्यान नै धरापमा राखेर देश र जनताको निमित्त दिन रात नभनी सक्रिय भएर हिड्नु भयो हजुरको स्वास्थ्य लाभको कामना सहित जनताको समस्या समाधान गर्न महत्त्वपूर्ण भुमिका खेल्नु हुने छ भन्नेमा पुर्ण बिश्वास को साथ यस् ऎतिहासिक समृद्धको लागि संकल्प यात्रामा सहभागी सबै प्रति हार्दिक नमन अभिवादन व्यक्त गर्दछु l
कम्युनिस्ट भनेको एमाले जस्तो रास्ट्रबादी बिकासवादी न्यायवादी जनमुखी हुनुपर्छ कमान्डर भनेको केपी बा जस्तो हुनुपर्छ l

देशको भौगोलिक अवस्था जनजीवन हरुबारे नजिकै बाट नियल्नु भयो समस्य पनि देख्नु भयो सम्भावना पनि देख्नु भयो अब यसलाई दिगो बिकास गरेर समृद्ध नेपाल बनाउने गुरुयोजना बनाउनु होला देशलाई समृद्ध बनाउने आँट साहस र विवेक केपी बा तपाई संग छ ।

अध्यक्ष ज्यु लगायतको यो मेची-महाकाली झुलाघाट देखि -चिवाभञ्ज्याङ्ग सम्मको संकल्प यात्राको टोलीलाइ हृदय देखि समान ब्यक्त गर्दै अयोध्यायका राजा रामले सुशासनयुक्त रामराज्य स्थापनाको उद्देश्य लिएर गरिएको अश्वमेध यज्ञको संकल्प जस्तै मेची-महाकाली झुलाघाट-चिवाभञ्ज्याङ्ग संकल्प यात्राको ठोस उद्देश्य सफलतापुर्बक पुरा होस भन्दै हार्दिक मंगलमय शुभकामना समेत अर्पण गर्दछु !!!

जय जय नेपाल सुन्दर शान्त बिशाल भौगोलिक हिसाबमा हामी सानो होला कला, संस्कृति,प्राकृतिमा हामी बिशाल छौ।यो अभियानले राष्ट्रियताको सवालमा नेपाली लाई एक हुने सन्देश दिएको छ।

बास्तबमा राजनेता वलि लाई नेपालीले कम्तीमा पनि अरु सय बर्ष सम्म पल पल सम्झिने छन् ! उनी जिउँदो हुदा आलोचना र गाली गर्नेहरुले पनि पछि खुलेर प्रशंसा गर्नेछन किनकि अब सय बर्ष सम्म नेपाली राजनीतिले गर्ने बिकास र समृद्धिको परिकल्पना अहिले नै उनले कोरिदिएका छन् ! अब जति पनि बिकास हुन्छन् केपीको सपना भन्ने नै हुन्छ अनि बहाल वाला प्रधानमन्त्री हुदा भारतीय नाकाबन्दीको डटेर सामना गरेको। भारत हल्लिने गरि उनले व्यक्त गरेका अभिव्यक्ति र कदमहरुले भारत नेपालको ठुल्दाइ हैन समकक्षी साथी हो भन्ने पाठ भारतलाई मजाले सिकाएको थियो। अरु बहालवाला प्रधानमन्त्रीको यो दम छैन!

आफ्नो स्वास्थ र उमेरलाई ख्याल नगरी यति सक्रियता पुर्बक देश दौडाहमा लाग्नु सामन्य कुरा होइन । केपी बा तपाईको हिम्मत र साहसलाई चाहिँ मान्नै पर्छ ।।अध्यक्ष कमरेड ज्यु हजुरलाई जति नै समान गरे पनि कम हुनेछ ।

धन्यवाद अन्तमा केपी बा समय स्वास्थ अवस्था को को कुनै लेखा जोखा नगरी आफ्नो मिसन पूरा गर्नुभयो यस को लागि फेरि नि धन्यवाद छ ।माता पाथीभरा ले हजुरलाई रक्षा गरून् केपी बा अब आउने दिनहरू मा देश लाई कसरी बिकास को लहरमा लैजाने तपाईंको जिम्मा छ । लाखौं नेपाली हरु बिदेशी बनेर बिदेश मा रगत पसिना अब बगाउनु नपरोस आफ्नै देशमा केही गरि खाने बाटो बनाइदिनु होला बा आज लाखौंलाख युवा बिदेशी भुमीमा भएर पनि तपाईंको साथमा छन् । नेपाली रगत नेपाली पसिना देशमै अर्पण गर्ने अवसर मिलाउनको लागि एमालेलाई बहुमत दिएर राजनेता केपी बा लाई अब कम्तीमा १० वर्ष प्रधानमन्त्री बनाउन म सम्पूर्ण जनसमुदाय हरुलाई हार्दिक अपील समेत गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *