५२ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाउदै

एलएन गच्छदार / मङ्सिर २ गते

मोरंगको सुन्दरहरैंचा नगरपालिकामा रहेको सुकुना माध्यमिक बिधालयले आफ्नो ५२ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाउदै छन् ।  विश्वको बदलिंदो समयक्रम र सिकाइमा देखिने पुस्ता अन्तरका कारण शिक्षा रूपान्तरणको बाहक र   विद्यार्थलाई आत्मसात गर्दै यस विद्यालयले आफ्ना ५१ ओटा बसन्तहरू पूरा गरिसकेको छ । स्थापना काल संस्थापकहरूले देख्नु भएको दूरदर्शी सपना साकार पार्दै यो विद्यालयले उक्त अवसरमा बिज्ञान र सिभिल इन्जिनियरिङ तर्फका बिद्यार्थीहरुले बिज्ञान प्रदर्शनी गरेका छन्। 

३ दिन सम्म मनाउने उक्त कार्यक्रमको उदघाटन कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले गरेका छन् ।  कार्यक्रममा बोल्दै खापुङ्ले देशकै उत्कृष्ट विद्यालय मध्येको एक सुकुनाले गरेको प्रगतिलाई कायम राखि अझ परिस्कृत बनाउदै विज्ञान र प्रविधिमा जोड  दिनुपर्ने बताएका थिए।

विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइको विद्यालय सुकुना मा वि बनाउनलाई गरेका भौतिक, शैक्षिक तथा सामाजिक एवम् सांस्कृतिक क्षेत्रमा आधुनिक व्यवस्थापन, सक्षम, जिम्मेवार, पारदर्शी, उत्तरदायी सुशासनयुक्त नेतृत्व साथै प्रविधियुक्त शिक्षणले मात्र विगत २०७८ सालमा स्वर्ण महोत्सव मनाउने क्रममा विद्यालयले तयार गरेको ‘प्रविधियुक्त गुणस्तरीय शिक्षासहितको सुन्दर सुकुना’ को सङ्कल्प पूरा हुनेछ ।

उक्त अवसरमा आजको समय किताबी ज्ञान भन्दा पनि अबको  उत्पादन बजारको  माग अनुसारको  प्रविधि युक्त शिक्षा दिनुपर्ने बताउदै सिर्जनात्मक सिकाईमा जोड दिन आग्रह  गर्दै नगरप्रमुख केदार प्रसाद गुरागाईंले नमुना विद्यालयका  रूपमा रहेकाले राज्यबाट समेत ठुला  सहयोग गरेको  बताउदै अहिलेको  विद्यार्थी संख्यालाई गुणस्तरीय शिक्षा दिएर आज प्राप्त गरेका  उचाइ, शाखलाई जोगा उनुपर्ने बताएका छन   ।

सिकाइमा प्रविधिको प्रयोग, निरन्तर अभ्यास र परियोजनामा आधारित सिकाइ र मूल्याङ्कन तथा सुविधायुक्त अभिवृद्धि गर्नु विद्यालयको मुख्य ध्येय रहेको छ । भौतिक र शैक्षिक वातावरण तयार गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै आएको प्रध्यानाध्यापक हिक्मत बहादुर बस्नेतले बताए ।

कुनै पनि विद्यालयको सफलताको कारण कुशल प्रशासक, योग्यतम शिक्षक, लगनशील विद्यार्थी सचेत अभिभावक र उपयुक्त शैक्षिक वातावरण आवश्यक हुन्छ । प्रविधिको तीव्र विकासको अवस्थामा विद्यार्थीको रोजाइ अनुरुप रूपान्तरित र नवीकृत सिकाइ अवलम्बन गर्न रचनात्मक र नव प्रवर्तनात्मक शैलीमा सिकाइ अझ प्रभावकारी बन्न सक्ने भएकाले हामीले प्रविधिसहितको सिकाइ केन्द्र बनाउने लक्ष्य लिएर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका कारण यस विद्यालयप्रतिको समुदायको विश्वास बढेको छ ।

यस विद्यालयमा पूर्वी नेपालका विभिन्न ठाउँका बालबालिकाहरू कक्षा ११ र १२ मा विज्ञान, प्राविधिक धार (सिभिल इन्जिनियरिङ) व्यवस्थापन, शिक्षा, होटल मेनेजमेन्ट र कानुन जस्ता विषय अध्यन गर्न  यहाँ  आउने गरेका छन् ।  अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म नै पठनपाठन हुने गरेको छ । विद्यालय सेवाक्षेत्र मूल रुपमा सुन्दरहरैंचाको बडा नं. १० र १२ रहे तापनि अन्य बडाहरू साथै बेलबारी, केराबारी, कानेपोखरी, लेटाङ र ग्रामथान पालिकाबाट समेत यस विद्यालयमा विद्यार्थी अध्ययन गर्न आउने क्रम बढिरहेको छ ।

सार्वजनिक शिक्षा समुदायको सहयोग विना सबल बन्न सक्दैन यो विद्यालय सञ्चालनको मुख्य आधार समुदाय र अभिभावकको सहयोग नै हो साथ-साथै वर्तमान सङ्घीय संरचनामा मुलुक अगाडि बढिरहेको सन्दर्भमा राज्यका स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबाट समेत यस विद्यालयलाई महत्त्वपूर्ण सहयोग प्राप्त भइरहेको छ । यस विद्यालयले नमुना विद्यालय विकास कार्यक्रमका सन्दर्भमा साथै प्रविधियुक्त सिकाइ बातावरण निर्माणका सन्दर्भमा विभिन्न क्षेत्रवाट उल्लेख्य सहयोग प्राप्त गर्नु निश्चय नै गौरवको बिषय हो ।

सुकुना माध्यमिक विद्यालय कोशी प्रदेश एक नमुना सामुदायिक  बिधालयको रुपमा लिन सकिन्छ । बि.स २०२९ सालमा स्थापना भएको बिधालयले  अंग्रेजी र नेपाली दुवै माध्यममा सिकाइ सहजीकरण गरिने विषयमा सुस्त श्रवणका विद्यार्थीहरूका लागि आवासीय विशेष कक्षाको व्यवस्था समेत  गरेको छ। देश भरीका सामुदायिक विद्यालयतर्फ चाैथाे स्थानमा पर्न सफल याे विद्यालयमा अभिभावक, विद्यार्थीकाे राेजाईमा पर्दै गएकाे छ । 

एसइइ र कक्षा १२ को बोर्ड परीक्षा केन्द्र र एसइइको उत्तरपुस्तिका परीक्षण केन्द्र समेत रहेको विद्यालय सुचना प्रविधिको प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर अघि बढी  रहेको छ।  नेपाल सरकार शिक्षा तथा मानव विकास स्रोत केन्द्रद्वारा सञ्चालित नमुना विकास कार्यक्रमको ५ वर्ष स्रोत परिचालन गरी सकेको यो विद्यालयले दोस्रो चरणको शैक्षिक गुणस्तर सुधार अनुदान कार्यक्रम अन्तर्गत अनुदान प्राप्त गर्ने विद्यालय तर्फ प्रवेश गरिसकेको छ।

 यस विद्यालयको महत्त्वपूर्ण आर्थिक आधार यस विद्यालयमा अध्ययनरत रुका अभिभावकले विद्यालयमा प्रदान गर्ने अभिभावक सहयोग नै हो। स्थानीय शिक्षा प्रेमी, चन्दा दाता तथा जग्गा दाताहरूले प्रदान गरेको सहयोग पनि विद्यालय स्रोतका महत्त्वपूर्ण आधार हो। स्थानीय तर मुन्दरहरैचा नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारबाट समेत सञ्चालन अनुदानका साथै प्रमीयत अनुदान समेत प्राप्त हुने गरेको छ ।

 विद्यालयमा हाल ४ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्  भने  १२८ जना शिक्षक र २२ जना कर्मचारी समेत गरी १५० जना शिक्षक र विद्यालय कर्मचारी कार्यरत छन् भने ३ ओटा आफ्नै  विद्यालय बस र ४ ओटा भाडामा लिएर संचालनमा  रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *