सुकुना हरित विद्यालय कार्यक्रम संचालन
एलएन गच्छदार / मंसिर २ गते
सुन्दरहरैंचा
मोरंगको सुन्दरहरैंचा नगरपालिकामा रहेको सुकुना माध्यमिक बिधालयले आफ्नो ५२ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाउदै छन् ।
विश्वको बदलिंदो समयक्रम र सिकाइमा देखिने पुस्ता अन्तरका कारण शिक्षा रूपान्तरणको बाहक र विद्यार्थीलाई आत्मसात गर्दै यस विद्यालयले आफ्ना ५१ ओटा बसन्तहरू पूरा गरिसकेको छ । स्थापना काल संस्थापकहरूले देख्नु भएको दूरदर्शी सपना साकार पार्दै यो विद्यालयले उक्त अवसरमा बिज्ञान र सिभिल इन्जिनियरिङ तर्फका बिद्यार्थीहरुले बिज्ञान प्रदर्शनी गरेका छन्।
उक्त अवसरमा प्रध्यानाध्यापक हिक्मत बहादुर बस्नेतले कार्यक्रममा सम्बोधन गर्ने क्रममा बिधालय र बातावरणको सन्तुलन कायम गर्न, स्वच्छ एवम् हरित विद्यालय भावी पुस्तालाई हस्तान्तरण गर्न, विद्यार्थी लक्षित प्रयोगात्मक तथा व्यवहारिक शिक्षा प्रदान गर्न तथा दिगो विकासको लक्ष्य हासिल गर्नका लागि विद्यालय परिसरमा हरियाली बगैंचाको सम्भाव्यता अध्ययन तथा कार्यान्वयन गर्नका निम्ति हरित समूह (Eco) Club) गठन तथा कार्यान्वयन अत्यन्त आवश्यक रहेको बताएका छन ।
विद्यालयमा एक बगैंचा तथा हरित क्षेत्र निर्माणको सम्भाव्यता अध्ययन तथा कार्यान्वयन गर्ने, विद्यालय वरपरको बातावरण सफा, शान्त, सुरक्षित र हरियाली बनाउने, विद्यालयलाई आकर्षक र मनोरम स्थलको रूपमा विकास गर्ने, विद्यार्थीले प्राप्त गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक र जीवनोपयोगी बनाउने, विद्यालयलाई उदाहरणीय हरित केन्द्रको रुपमा विकास गरी समुदायको लागि अनुकरणीय सिकाइ केन्द्र बनाउने, विद्यालय हाताभित्र वृक्षरोपण गरी हरियाली कायम गर्ने,विद्यालय वातावरण संरक्षण गर्न विद्यार्थी, शिक्षक, अभिभावक र समुदाय परिचालन गर्ने कार्यक्रम लगायत लक्ष्य लिएको प्रध्यानाध्यापक बस्नेतले जानकारी दिएका छन ।
यसका लागि कार्यक्रम संचालन तथा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष मात्रिका प्रसाद ढकालको अध्यक्षतामा ९ सदस्य समिति बिस्तार गरेका छन् भने बिधालय इको क्लबमा २ वर्षका लागि प्रमुख संरक्षक विधालयका प्रध्यानाध्यापक हिक्मत बहादुर बस्नेत र संरक्षक किशोर दाहाल रहेका छन् । त्यसैगरी बिधार्थी इको कार्यकारी समितिमा सुगम रेग्मीको अध्यक्षतामा ६० जना बिधार्थी सदस्य सहित गठन गरेका छन् ।
