मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट एकको मृत्यु 

इटहरी । मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मङ्गलवार एक वृद्धको मृत्यु भएको छ ।हात्तीले  सुन्दरहरैँचा १०  स्थित  त्रिवेणिचाेक उत्तर तर्फकाे जङ्गलमा घाँस लिन गएको बेला  आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय वृद्ध जयप्रसाद बास्तोलाको  मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले जानकारी दिए ।

मृतक वास्ताेलासँगै घाँस काट्न जङ्गलमा  उनको श्रीमती समेत गएको साथै उनीले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।मृतक बास्तोलाको शव पाेष्टमाटमकाे लागि उर्लाबारी लगिएको प्रहरीको भनाइ रहेको छ ।    पछिल्लो समय  मोरङको केराबारी, लेटाङ, सुन्दरहरैँचा, मिक्लाजुङ, बेलबारी लगायतका पालिकामा हात्तीले आँतक मच्चाउने गरेको छ । सुन्दरहरैँचाकाे  उत्तर तर्फकाे जङ्गलमा हात्तीका बच्चा सहित २०/२२को सङ्ख्यामा रहेको स्थानीय चिरन  भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *