तेह्रथुमको आठराई स्थित भगवती मन्दिर प्रवेश द्वार एक कार्यक्रमका बिच उद्घाटन
तुलसी राम धमला
तेह्रथुम मंसिर १९
तेह्रथुमको आठराई गाउँपालिका स्थित प्रसिद्ध धार्मिक स्थल भगवती मन्दिर प्रवेश द्वार , गाेला घर , सिलाम साक्मा एक कार्यक्रम काे बिच उद्घाटन गरिएको छ ।
दाताकाे सहयाेगमा , करिब २५ लाख बराबरको लागतमा निर्माण गरिएको प्रवेश द्वार, गाेलाघर, सिलाम साक्मा उद्घाटनमा गरिएको हाे । आफ्ना आमा बुबाको सम्झनामा माबाेहाङ र ईस्बाे परिवारले उक्त संरचना निर्माण गरेको भगवती मन्दिर संरक्षण समितिका सदस्य जितबहादुर कन्दङवाले बताउनु भयाे । प्रवेश द्ववार, गाेलाघर , सिलाम साक्मा निर्माण भएपछि भक्त जनहरुलाई सहज भएको छ ।
आठराई गाउँपालिका वडान १,६,७ काे सङ्गम स्थलमा पर्ने धार्मिक तथा पर्यटकिय स्थल भगवती मन्दिरमा विभिन्न ठाउँबाट मानिहरु दर्शन गर्न आउने गरेका छन । कार्यक्रममा स्थानिय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि , सङ्घ संस्थाका प्रतिनि, जनप्रतिनिधि ,सुरक्षा कर्मि स्थानीय बासि लगायतकाे उपस्थिति रहेकोे थियाे ।
कार्यक्रमा पुजा आजा गरिनुका साथै स्थानीय संस्कृति झल्कने ढाेल नाच समेत प्रस्तुत गरिएकाे थियाे । उद्घाटन समारोहका अधिकांश बक्ताहरुले धार्मिक सगै यश स्थललाई पर्यटकिय क्षेत्रकाे रुपमा समेत अगाडि बढाउनु पर्ने कुरामा जाेड दिएका छन ।
यसै बिच आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले भगवती मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रकाे रुपमा अगाडि बढाउने बताउनु भएको छ । कार्यक्रममा विभिन्न व्याक्तिहरुलाई धन्यवाद पत्र समेत प्रदान गरिएको छ । उद्घघाटन समाराेह आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमकाे प्रमुख आतिथ्यथा साथै निर्माण समिति अध्यक्ष अम्बर बहादुर कन्दङबाकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।





