लाटिझोडा साझेदारी वन व्यवस्थापन समुहको नि:शुल्क बिरुवा वितरण
वनको बैज्ञानिक ब्यबस्थापन समृद्धिको मुल आधार भन्ने नारा सहित लाटिझोडा साझेदारी वन व्यवस्थापन समुह र सव डिभिजन वन कार्यालय लाटिझोडाले आफ्नो कार्यक्षेत्र भित्र रहेको दक्षिणी भेगका उपभोक्तालाई नि:शुल्क बिरुवा बितरण गरेका छ्न।
बुढीगंगा गाउँपालिकाको वडा १ देखि ७ सम्ममा बैशाख १९ गते देखि २१ गते सम्म बितरण गरिने लाटिझोरा साझेदारी वन व्यवस्थापन समुहका अध्यक्ष मिलन श्रेष्ठले बताए।
दक्षिणी भेगका उपभोक्ताहरु बनको पहुँच भन्दा टाढा रहेकोले र श्रम र समय समेत खर्च हुने हुँदा यस किसिमको वितरण कार्यक्रम गर्दै आएको हो। नर्सरीमा उत्पादित बिरुवाहरु कसरी रोप्ने बिधि समेत सिकाएर घरदैलो कार्यक्रम गरेको सव वन डिभिजन लाटिझोडाका प्रमुख अमृत पन्तले बताए।
साझेदारीले नर्सरीबाट उत्पादित मलेशियन साल, इपिल, मसला, सिसौ, रुद्राक्ष लगायतका बिरुवा बितरण गरेको हो। बुढीगंगा गाउँपालिकामा १७ हजार विभिन्न प्रजातिका बिरुवा बितरण गर्ने लक्ष्य लिएको छ।




