इटहरीमा महिला नेतृत्व र उद्यमशीलताबारे सशक्त प्यानल छलफल सम्पन्न

इटहरी । महिलाको नेतृत्व, उद्यमशीलता तथा व्यवसायिक सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले इटहरीमा ‘Women in Business: Voice of Leaders’ शीर्षकको प्यानल छलफल कार्यक्रम सम्पन्न भएको छ। Ladies of Liberty Alliance (LOLA) Itahari Chapter की लिडर प्रेक्षा आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रम इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको हो। कार्यक्रम Leo Club of Itahari Pathivara को सह–आयोजनामा सम्पन्न भएको थियो भने Expert Education and Visa Services ले सहयोगी संस्थाको भूमिका निर्वाह गरेको थियो।20260530_133247

कार्यक्रममा प्यानलिस्टका रूपमा चन्द्रकला घिमिरे (प्रिन्सिपल, Apple Tree Montessori), मेनुका गिरी (सञ्चालिका, Chino Cafe) र अञ्जु पोखरेल (डाइरेक्टर, KIEC Itahari) सहभागी थिए। उनीहरूले आफ्नो व्यवसायिक यात्रा, सफलता हासिल गर्ने क्रममा भोग्नुपरेका चुनौती, अवसर तथा व्यवसाय क्षेत्रमा महिलाको बढ्दो भूमिकाबारे अनुभव आदानप्रदान गरेका थिए।

कार्यक्रममा Leo Club of Itahari Pathivara का अध्यक्ष आयुष ढुंगेल, सञ्चारकर्मी हिमाल दाहाल तथा व्यक्तित्व विकास प्रशिक्षक, मानसिक स्वास्थ्य सल्लाहकार एवं अंग्रेजी समाचार प्रस्तोता मौसम कोइरालाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन दिक्ष्या घिमिरेले गरेकी थिइन् भने प्यानल छलफल सत्रको सहजीकरण ईशा पन्थाले गरेकी थिइन् ।

कार्क्रमको सुरुवातमा स्वागत मन्तव्य राख्दै आयुष ढुंगेलले महिलाको नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन तथा व्यवसायिक सशक्तीकरणका लागि यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताएका थिए। छलफलका क्रममा व्यवसाय, नेतृत्व, उद्यमशीलता तथा महिलाहरूका लागि उपलब्ध अवसरबारे अर्थपूर्ण बहस भएको थियो। कार्यक्रममा सहभागीहरूले प्यानलिस्टसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना जिज्ञासा र प्रश्नहरू राखेका थिए।

दुर्गा पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा ५२ जना सहभागीको उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले सिकाइ, प्रेरणा तथा अनुभव आदानप्रदानको अवसर प्रदान गर्ने भन्दै सकारात्मक प्रतिक्रिया दिएका थिए।

कार्यक्रमको समापनमा सहभागी, अतिथि तथा प्यानलिस्टहरूले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने आयोजक टोली तथा LOLA Itahari Chapter की लिडर प्रेक्षा आचार्यप्रति आभार व्यक्त गरेका थिए। महिलाहरूलाई व्यवसाय र नेतृत्वका क्षेत्रमा थप प्रेरित तथा सशक्त बनाउने उद्देश्यसहित आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *