एमाले सुन्दरहरैंचाको नगर अध्यक्षमा डिल्ली ढकालको उम्मेदवारी घोषणा

एलएन गच्छदार / सुन्दरहरैंचा
नेकपा (एमाले) सुन्दरहरैंचा नगर कमिटीका सचिव डिल्ली ढकालले आसन्न दोस्रो नगर अधिवेशनमा नगर अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। लामो समयदेखि पार्टी संगठनमा सक्रिय भूमिका निभाउँदै आएका ढकालले पार्टीप्रति निष्ठा, इमान्दारिता र नेतृत्व क्षमताका आधारमा आफ्नो उम्मेदवारी अघि सारेका हुन्।

पार्टी भित्र ‘कर्तव्यनिष्ठ र अनुशासित कार्यकर्ता’का रूपमा परिचित ढकाल सुन्दरहरैंचामा लोकप्रिय र सशक्त संगठनकर्ता मानिन्छन्। उनले हालसम्म पार्टीको विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै स्थानीय संगठनलाई सुदृढ बनाउने कार्यमा अग्रणी भूमिका निभाउँदै आएका छन्।

उम्मेदवारीको सन्दर्भमा प्रतिक्रिया दिँदै ढकालले भने, “संगठनलाई थप एकीकृत, अनुशासित र जनमुखी बनाउने लक्ष्यसहित म अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको हुँ।”

एमालेको दोस्रो नगर अधिवेशन नजिकिंदै गर्दा नेताहरूको सक्रियता बढ्दै गएको छ भने कार्यकर्ताहरूभित्र नयाँ नेतृत्व चयनको उत्साह पनि देखिएको छ। चैत्र २८ गते एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन हुँदैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *