यती विमान दुर्घटना : मृत्यु हुनेमा बेलायतका चर्चित ब्याले डान्सर पनि

काठमाडाैं । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा बेलायतको एसेक्सका एक सफल ब्याले डान्सर पनि मारिएका छन्। ३४ वर्षीय रुवान क्रेटनले लन्डन, फिनल्यान्ड र स्लोभाकियामा काम गरेको बीबीसीले जनाएको छ। उनले ब्रेन्टवुडस्थित सेन्ट्रल स्कुल अफ डान्समा नृत्य सिकेका थिए। सो स्कुलकी निर्देशकले आफूहरु खबर सुनेर स्तब्ध बनेको बताएकी छन्।

बाल्यकालमा नृत्य परीक्षामा अत्यन्त राम्रो नतिजा ल्याएका रुवानले २००८ मा उनले लन्डनस्थित सेन्ट्रल स्कुल अफ ब्यालेबाट स्नातक गरेका थिए। त्यसपछि उनले स्लोभाक नेसनल थिएटरमा पाँच वर्ष काम गरेका थिए। 

त्यसपछिका ६ वर्ष उनले फिनिस नेसनल अपेरा एन्ड ब्यालेमा बिताए। उनले अध्ययन गरेका र काम गरेका सबै संस्थाहरुले उनको मृत्युमा शोक व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *