सुन्दरहरैचामा नगर अस्पतालको प्रशासनिक भवनको शिलान्यास

सुन्दरहरैचामा नगर अस्पतालको प्रशासनिक भवनको शिलान्यास

सुन्दरहरैचा, मोरङ – सुन्दरहरैचा नगरपालिका–१ स्थित नगर अस्पतालको प्रशासनिक भवनको शिलान्यास बुधबार नगरप्रमुख केदारप्रसाद गुरागाई र उपप्रमुख अकली चौधरीले संयुक्त रूपमा गरेका छन्।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

नगरप्रमुख गुरागाईले भवन निर्माणपछि सेवा प्रवाह प्रभावकारी हुने बताउँदै आगामी आर्थिक वर्षदेखि अस्पताल २४ घण्टा सञ्चालन हुने जानकारी दिए। उपप्रमुख चौधरीले व्यवस्थित सेवा प्रवाहका लागि भवन निर्माण आवश्यक भएको बताउँदै सबैको सहकार्यमा गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाइन्।

नगरपालिकाको वार्षिक योजना अनुसार बन्ने भवनमा प्रशासनिक शाखा, अभिलेख कक्ष, परामर्श सेवा र आधुनिक पूर्वाधार रहनेछ। स्थानीयले पूर्वाधार विकासप्रति खुसी व्यक्त गर्दै थप सेवा विस्तारको अपेक्षा गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *