विराट ओपन कोशी प्रदेश स्तरीय चेस प्रतियोगिता फागुन ३ देखि ७ गतेसम्म

एलएन गच्छदार सुन्दरहरैंचा, मोरङ।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघले आयोजना गर्ने सुन्दरहरैंचा विराट एक्स्पो अन्तर्गत विराट ओपन कोशी प्रदेश स्तरीय चेस प्रतियोगिता हुने भएको छ। बिराट चेस क्लवको आयोजनामा फागुन ३ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता निर्देशक खगेन्द्र थापाले बताए । यस प्रतियोगिताले कोशी प्रदेशका उत्कृष्ट चेस खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने थलो प्रदान गर्नेछ।

सुन्दरहरैंचामा आयोजना हुने यस प्रतियोगिता विराट एक्स्पो भित्रको विशेष आकर्षण हुनेछ। कार्यक्रमको उद्देश्य चेस खेललाई प्रदेशस्तरमा प्रवर्द्धन गर्दै नयाँ खेलाडीहरूलाई प्रोत्साहित गर्नु हो। साथै, यसले स्थानीय र क्षेत्रीय खेलाडीहरूबीच प्रतिस्पर्धात्मक माहोल सिर्जना गर्न मद्दत गर्ने चेस क्लबका अध्यक्ष लक्ष्मी कुमार श्रेष्ठले जानकारी दिएका छन ।

प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरूले प्रतिस्पर्धा गर्न पाउने छन्।

विराट एक्स्पोको एक महत्वपूर्ण भागका रूपमा चेस प्रतियोगिता समावेश गरिनुले स्थानिय बासिन्दा र खेलप्रेमीहरूको उत्साह झनै बढाउने छ। खेलसँगै स्थानीय व्यवसाय र सांस्कृतिक गतिविधिको प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।

विराट ओपन कोशी प्रदेश स्तरीय चेस प्रतियोगिताले प्रदेशका खेलाडीहरूलाई प्रतिस्पर्धा गर्न र आफ्नो प्रतिभा उजागर गर्न अवसर प्रदान गर्नेछ। यसले चेस खेलप्रति आकर्षण बढाउनुका साथै, खेलकुद क्षेत्रलाई अझ सक्रिय बनाउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *