सुन्दरहरैचामा अन्तर स्कुल एकल नृत्य प्रतियोगिता सम्पन्न

एलएन गच्छदार / फागुन ११ गते

मोरङको सुन्दरहरैचामा रहेको नृत्य निर्देशक संघ नेपाल सुन्दरहरैचा नगरसमितिद्वारा आयोजित अन्तर स्कुल एकल नृत्य प्रतियोगिता शनिबार सम्पन्न भएको छ।

प्रतियोगिताको ग्रान्ड फाइनलमा सिनियर तर्फबाट जुपिटर इङ्लिस स्कुल, गछियाकी प्राइना राई पहिलो स्थान हासिल गर्न सफल भइन्। सोही विद्यालयकी जेनु राई दोस्रो स्थानमा रहिन् भने बाल सदन एकेडेमी, बिराटचोककी समिक्षा अधिकारीले तेस्रो स्थान प्राप्त गरिन्।

त्यसैगरी, जुनियर तर्फबाट मदरल्यान्ड बोर्डिङ स्कुल, बिराटचोककी बिनिशा ओलिले प्रथम स्थान प्राप्त गरिन्। क्वेष्ट इङ्लिस स्कुल, सलकपुरकी रोशनी राउत दोस्रो स्थानमा रहिन् भने सुकुना सेकेन्डरी स्कुल, खोर्सानेकी फङ्गमा लिम्बू तेस्रो स्थान हासिल गर्न सफल भइन्।

नृत्य निर्देशक संघ नेपाल सुन्दरहरैचाका अध्यक्ष शिव श्रेष्ठका अनुसार प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै नृत्यकलाको प्रवर्द्धनमा पनि महत्वपूर्ण योगदान पु¥याएको छ। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरू उत्साहका साथ सहभागी भएका थिए।

कार्यक्रमका विजयी तथा सहभागी विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *