याम्फु किरात समाजको २१ औं स्थापना दिवसको अवसरमा रक्तदान

सुन्दरहरैचा : याम्फु किरात समाजको २१ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। नेपाल आदिवासी जनजाती महासंघ बेलबारीको भवनमा आयोजित सो कार्यक्रममा रेडक्रस सोसाइटी बिराटनगर मोरङ शाखाको प्राविधिक सहयोगमा ४० प्रिण्ट रगत संकलन भएको छ।

याम्फु किरात समाज, केन्द्रिय समिती, मोरङ जिल्ला , बेलबारी नगर समितिको संयुक्त आयोजनमा सो कार्यक्रम भएको थियो। याम्फु किरात समाजका केन्द्रिय अध्यक्ष रन्जित गेसाको सभाध्यक्षतामा संचालन भएको सो कार्यक्रममा बेलबारी नगरपालिका नगरप्रमुख दिल प्रसाद याम्फु राईको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमको संचालन महासचिव दिलकुमार शिवाउले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *