हिउँदे मकै खेती क्षेत्र विस्तार विशेष अनुदान र अनुदानमा कृषि यन्त्र उपकरणको अनुगमन

पथरी शनिश्चरे, फागुन -५ गते
पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया काफ्लेको संयोजकत्वमा हिउँदे मकै खेती क्षेत्र विस्तार विशेष अनुदान र ५०% अनुदानमा कृषि यन्त्र उपकरण वितरण कार्यक्रमको अनुगमन गरिएको छ ।
आज वडा नं. ७ मा कृषि विकास शाखा पथरी शनिश्चरेमा मकै रोप्नको लागि कृषि शाखाबाट प्राप्त हुने अनुदान रकम प्राप्तका लागि सहभागी गराई पाउन सिफारिस गरी पाउँ भनी माग निवेदन पेश गरेका कृषकहरुको हिउँदे मकै खेती क्षेत्र विस्तार र ५०% अनुदानमा कृषि यन्त्र उपकरण वितरणको लागि अनुगमन गरिएको हो ।
उन्नत जातको मकै रोप्ने किसानहरुलाई आर्थिक सहयोगसँगै व्यवस्थित पशुपालन, कृषि गर्नुहुने कृषकहरुलाई च्याप कटर, मिनी ट्रिलर, कम्बाईन मिल, मकै रोप्ने मेसिन नगरपालिकाद्वारा वितरणका लागि परेको निवेदनका आधारमा नगर उप–प्रमुख देवीमाया काफ्ले सहित वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, वडा सदस्यद्वय नरेशबहादुर राई, सपना राई र नगरका कृषि स्नातक प्राविधिक प्रवेश ढकाल लगायतको उपस्थितिमा अनुगमन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *