उर्लाबारीमा स्कुटरले ठक्कर दिदा पैदलयात्रीको मृत्यु
इटहरी । मोरङको उर्लाबारीमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।बुधबार विहान उर्लाबारी– इटहरा भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्रदेश १–०२–०४२ प ८४०४ नम्बरको स्कुटरले ठक्कर दिदा ६५ वर्षीय खड्गबहादुर लिम्बुको मृत्यु भएको हो ।
स्कुटरको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि बि एण्ड सी अस्पताल बिर्तामोड पठाइएको थियो । उपचारका क्रममा दिउँसो उनको मृत्यु भएको हो । दुर्घटनामा संलग्न स्कुटरका चालक उर्लाबारी ९ का १८ वर्षीय उत्तम कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।