नोवेलले विराटनगर वडा नं. ४ का बासिन्दालाई उपचारमा विशेष छुट उपलव्ध गराउने
नोवेलले विराटनगर वडा नं. ४ का बासिन्दालाई उपचारमा विशेष छुट उपलव्ध गराउने
विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरुलाई उपचारमा विशेष छुट उपलव्ध गराउने उद्देश्यले मिति २०८१ मंसिर २३ गते विराटनगर महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्री जितन थापा तथा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपाल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
जस अन्तर्गत वडा नं. ४ का विरामीहरुलाई अस्पताल सेवाहरुमा २५ प्रतिशत, अपरेसन शुल्क र औषधीमा १० प्रतिशत छुट उपलव्ध हुने छ । सामाजिक सुरक्षा कोष अन्तर्गत रहेका विरामीहरुलाई भने नियमानुसार भुक्तानी गर्नु पर्ने २० प्रतिशत सहभुक्तानी छुट हुने छ । यो सुविधा लिनको लागि विरामीले आफ्नो परिचय खुल्ने कागजात पेश गर्नु पर्ने छ । सम्झौता २०८१ मंसिर २३ गतेबाट लागु भई २०८२ असार मसान्त सम्म कायम रहने छ ।
