प्रहरीकै संलग्नतामा अनलाइन जुवा , २५ लाख रकम लेनदेनकाे खुलाशा

एसपी कार्की सहित चारजना प्रहरी अधिकारीलाई कारबाहीको तयारी

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की लगायत चार जना प्रहरी अधिकारीमाथि अनलाइन जुवामा संलग्न भइ लेनदेन गरेको आरोपमा कारबाही प्रक्रिया सुरु गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालयले एसपी कार्कीले अनलाइन जुवा कारोबारीसँग आर्थिक लेनदेन गरेको प्रमाण फेला पारेपछि छानबिन अघि बढाएको हो।

गत बिहीबार मोरङ जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलबारीका हवल्दार खगेन्द्र राउतलाई पनि सोही आरोपमा तानिएको छ। घटनामा संलग्न एसपी कार्कीलाई शुक्रबार मुख्यालय तानिएको छ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङका अनुसार, अनियमितताको सूचना पाएपछि छानबिन थालिएको हो। प्रहरी प्रधान कार्यालयले एसपी कार्कीमाथि छानबिन गर्ने भएको छ। घटनामा २५ लाख रुपैयाँको लेनदेन भएको फेला परेको र सो रकम पछि फिर्ता गरिएको जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *