दुहबीमा छठ पुजा समिति गठन


चन्दन रौनियार
दुहबी / सुनसरीको दुहवीमा छठ पूजा समिति गठन गरिएको छ। दुहवी स्थित शिव मन्दिरको परिसरमा शनिवार सम्पन्न स्थानीयको भेलाले आगामी छठ पूजाको लागि नयाँ कार्य समिति चयन गरेको हो।

स्थानीयको भेलाले अरुण कुमार हलुवाईको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति चयन गरेको छ। समितिको  बरिस्ठउपाध्यक्षमा राकेश डाँगी उपाध्यक्ष रानु हलुवाई, शम्भु हलुवाई, बुद्ध रौनियार , सचिवमा ऋषि कुमार साह सहसचिव नविन रौनियार , कोषाध्यक्षमा चन्दन बैठा र सहकोषाअध्यक्ष जीवन लुइँटेल  रहेका छन सदस्यहरुमा सन्तु हलुवाई ,रामाशंकर हलुवाई ,गोपि यादब ,जीवन हलुवाई , शिवा हलुवाई र सजिप गुप्ता रहेका छन । दुहवी स्थित बुढी खोला किनारमा छठ पर्व मनाउने श्रद्धालुका लागि कुनै असुविधा हुन नदिन समितिले आवश्यक कामको थालनी गरेको जनाइएको छ। छठ पूजा यहि कात्तिक  २२ गते र २३ गते परेको छ।

प्रेम र सद्भावको प्रतिकको रुपमा रहेको यो पर्व उदाउदो सूर्यलाई अर्घ दिएपछि सुरु हुने र भोलिपल्ट अस्ताउदो सूर्य देव भगवान लाई अर्घ दिए सगे समापन हुने गर्छ। दुहबीको बुढि नदी किनारमा हरेक वर्ष हजारो श्रद्धालु भेला भई सूर्य भगवानको पूजापाठ गर्ने गरेका छन् ।


यस्ते  सल्लाहकार समितिमा दुहबी नगरपालिका वडा न.६  घनश्याम हलुवाई र  नम्बर ५ का अध्यक्ष रमेश रोनियार, छठ पुजाका पुर्व अध्यक्षहरु,रन्जित गोश्वामी, पत्रकार चन्दन रोनियार, इप्रका दुहबी, सशस्त्र प्रहरी वल दुहवी, अस्थायी ट्राफिक प्रहरी दुहबी , खानेपानी उपभोक्ता समिति  दुहबी र रेडक्रस शाखा दुहबी छठ पूजा २०८१ का सचिव ऋषि कुमार साहले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *